इन्सेकसहितको अधिकारकर्मीको टोलीद्वारा बाढी प्रभावितहरूको जानकारी सङ्कलन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, विराटनगरका प्रतिनिधिलगायत मोरङका मानव अधिकारकर्मीहरूको एक टोलीले मोरङमा वर्षाबाट भएको क्षतिबारे जानकारी सङ्कलन गर्ने क्रममा अविरल वर्षाको कारण मोरङमा १७ जनाको मृत्यु हुनुका साथै ३ हजार २ सय १ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्रहरीमा साउन ३१ गतेसम्ममा भेटिएको शव तथा आएका उजुरीका आधारमा सो जानकारी दिइएको बताए । जसमा हराइरहेका चारजनाको अवस्था अझै सार्वजनिक हुन नसकेको पौडेलले बताए । विस्थापित भएकाहरूलाई विभिन्न १७ ओटा स्थानहरूमा केन्द्रीत गरि राहत उपलव्ध गराउने कार्य भइरहेको समेत उनले जानकारी दिए ।
सरकारले एकद्वार प्रणाली अन्तर्गत राहत वितरण गर्ने भनिएकोमा आफूहरूले जिल्लामा राहत उपलव्ध गराउने निकाय र संस्थाहरूलाई राहत वितरण गरिने स्थानहरूमा दोहोरो सुविधा नपर्ने गरी स्थानीय तहमा समन्वय गरेर राहत वितरण सिफारिस गरी पठाउने गरिएको सहायक प्रजिअ पौडेलको भनाइ थियो ।
प्रभावितहरूको अवस्था बुझ्ने क्रममा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापा, प्रलेख अधिकृत देवराज पोखरेल, जिल्ला प्रतिनिधि इन्दिरा भट्टराई, युएनडिपीका प्रतिनिधिहरू राजेन्द्र सुब्बा, रीता परियार, ओरेक नेपालकी मौसमी राई, सिविन नेपाल मोरङका संयोजक वासुदेव अधिकारीलगायतको टोलीले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाईटी शाखा मोरङलगायतका निकायमा पुगी जानकारी लिएको थियो ।
इन्दिरा भट्टराई
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…