इन्सेकले देशभर निर्वाचन पर्यवेक्षण गर्दै, प्रदेश १ मा ३० जना पर्यवेक्षक पर्यवेक्षणमा
इन्सेकले स्थानीय तह सदस्य निर्वाचन ०७९ को देशभर पर्यवेक्षण गर्दैछ ।
इन्सेक प्रदेश १, कार्यालय विराटनगरले प्रदेश १ का १४ ओटै जिल्लामा स्थानीय तह सदस्य निर्वाचन ०७९ को आज निर्वाचन पर्यवेक्षण गर्दैछ ।
प्रदेश १ मा १२ जना महिला पर्यवेक्षकसहित ३० जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनु भयो ।
इन्सेकले नेपालमा ०४७ सालमा ग्रामीण मतदाता सचेतन कार्यक्रम सञ्चालन गरी ०४८ सालदेखि निर्वाचन पर्यवेक्षण गर्दै आएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले “निर्वाचन पर्यवेक्षण कार्यविधि, २०७८” जारी गरेको छ ।
नेपालको संविधान र निर्वाचन सम्बन्धी सङ्गघीय कानून बमोजिम निर्वाचन आयोगले सञ्चालन गर्ने निर्वाचनको समग्र व्यवस्थापन र निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न निर्वाचन पर्यवेक्षण कार्यविधि जारी गरी सरकारले निर्वाचन पर्यवेक्षण गर्ने व्यवस्था मिलाई निर्वाचन पर्यवेक्षण गर्दै आएको छ ।
आयोगले जारी गरेको कार्यविधिमा पर्यवेक्षण भन्नाले निर्वाचनको समयमा स्वतन्त्र राष्ट्रिय वा अन्तर्राष्ट्रिय पर्यवेक्षकमार्फत गराइने अनुगमन र सुपरिवेक्षण गर्ने कार्यलाई सम्झनु पर्छ भनि परिभाषित गरेको छ ।
इन्सेकले स्थानीय तह सदस्य निर्वाचन ०७९ को पर्यवेक्षण सात ओटा प्रदेश कार्यालयमार्फत २ सय ३७ जना पर्यवेक्षकबाट गर्दैछ ।
इन्सेकका देशभर ९४ जना महिला पर्यवेक्षक र १ सय ४३ जना पुरूष पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण हुँदैछ ।
इन्सेकले ०४७ सालको निर्वाचनदेखि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोगसँग मिलेर ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ को निर्वाचन पर्यवेक्षण सम्पन्न गरेको छ ।
स्थानीय तह सदस्य निर्वाचन ०७९ इन्सेकले आफ्नै पर्यवेक्षकमाफर्त गर्दैछ । इन्सेकले वैशाख ३० गते नै स्थानीय तह निर्वाचन ०७९ को प्रारम्भिक प्रतिवेदन राष्ट्रिय निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
पर्यवेक्षकहरुले निर्वाचनसँग सरोकार राख्ने पक्षसँग संवाद गर्न पाउने निर्देशिकामा व्यवस्था छ । उनीहरुले मतदाताको आवत जावत, निर्वाचन सामग्रीहरूको ओसार–प्रसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणामसमेतका विषयमा पर्यवेक्षण गर्ने जिम्मेवारी तोकिएको छ ।
नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सन् १९६६ लाई विस ०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ ।
नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ ।
सोही धारामा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचित हुने अधिकारलाई सुनिश्चित गरेको छ ।
नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ । निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।
प्रदेश १ मा १६ लाख ९९ हजार ८ सय जना पुरूष मतदाता, १६ हजार ४७ हजार ५ सय ६१ जना महिला मतदाता र अन्य २३ जना गरी ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता स्थानीय तह सदस्य निर्वाचनमा प्रदेश १ बाट सहभागी हुँदैछन् ।
प्रदेश १ मा ६ हजार ५९ पदका लागि स्थानीय तह सदस्य निर्वाचनमा २२ हजार ४ सय ४२ जनाको उम्मेदवारी दर्ता भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेशको एक महानगरपालिका, दुई ओटा उपमहानगरपालिका र नगरपालिकाको मेयरमा ४ सय २५ र उपमेयरमा ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
गाउँपालिका अध्यक्षमा ४ सय ९१ जना र उपाध्यक्षमा ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
वडाध्यक्ष पदमा ५ हजार १ सय ४० जना, ३ हजार ९ सय १५ जना महिला सदस्य, ३ हजार ५ सय १२ जना दलित महिला सदस्य र ८ हजार ४ सय ३८ जनाको खुल्ला सदस्यमा उम्मेदवारी छ ।
इन्सेक प्रदेश १, कार्यालय विराटनगर
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…