इन्सेकलगायत सङ्घसंस्थाको सहकार्यमा ‘मास्क खोइ’ अभियान

  ०७८ साउन २५ गते

बेनी नगरपालिकामा इन्सेकलगायत सङ्घ संस्था र सरकारी निकायको सहकार्यमा साउन २३ गते ‘मास्क खोइ’ अभियान सञ्चालन गरिएको छ ।

बेनी नगरपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको समन्वय तथा म्याग्दीबाट प्रकाशित रुप्से दैनिक, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओमकुमारी शान्ति कोष, जिल्ला प्रशासन कार्यालय म्याग्दीलगायतका विभिन्न सामाजिक सङ्घसंस्था र सरकारी निकायको सहकार्यमा मास्क खोइ अभियान सञ्चालन गरिएको हो ।

m

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अगुवाइ, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको नेतृत्व र सुरक्षाकर्मीसहितको टोलीले ‘तपाईंको मास्क खोइ ?’ अभियान सञ्चालन गरिएको हो ।

विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण दर म्याग्दीमा बढ्न थालेपछि ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरू गरिएको आयोजक संस्थाहरूले जनाका छन् ।

मास्क नलाएका व्यक्ति भेट्ने बित्तिकै नलगाउनुको कारण सोध्ने र तत्कालै मास्क उपलब्ध गराउने काम गरिएको मेयर श्रेष्ठले बताउनु भएको छ ।

m

सरकारी निकायको समन्वयमा इन्सेकलगायत विभिन्न सामाजिक सङ्घसंस्थाहरूको सहकार्यमा भएको उक्त अभियान सदरमुकाम बेनी बजारको वडा नम्बर ७ र ८ मा सञ्चालन गरिएको छ ।

पछिल्लो समय कोभिड–१९ को जोखिम उच्च रहेको अवस्थामा सङ्क्रमणबाट सुरक्षित रहनको लागि अपनाउनुपर्ने सावधानी एवम् स्वास्थ्य सुरक्षाको बारेमा जानकारी र जनचेतना जगाउने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।


अमृतप्रसाद पौडेल