इन्सेकलगायत संस्थाद्वारा विद्यार्थीहरुसँग अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक), समुदायिक सेवा केन्द्र, ओसिएसमी, जिल्ला प्रहरी कार्यालय र आसमान नेपालले मङ्सिर १४ गते राजविराजमा विद्यार्थीहरुसँग सचेतना कक्षा सञ्चालन गरेको छ ।
राजविराजस्थित प्राइम होलिक्रम एकेडेमीका विद्यार्थीहरुलाई सचेतना कक्षा लिँदै उनीहरुलाई अपराध, लैङ्गिक हिंसाको अवस्था, दण्डसजायको व्यवस्था, १६ दिने अभियानको पृष्ठभूमिका बारेमा प्रशिक्षण कक्षा सञ्चालन गरिएको छ ।
विगतको तुलनामा चेतनास्तर बढेको र हिंसाका घटनाको उजुरी समेत बढेको बताउनु हुँदै जिल्ला प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेले विभिन्न अपराधमा हुने दण्डसजायबारे जानकारी दिनु भयो ।
लैङ्गकि हिंसा अन्त्यको सुरुवात आफैबाट गर्नुपर्ने भन्नुहुँदै एसपी काफ्लेले असल व्यक्तित्व बन्न लैङ्गकिमैत्री व्यवहार अनुशरण गर्नुपर्ने र पढाइमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।
सहजीकरणको भूमिका निर्वाह गर्नुहुँदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले विद्यार्थीहरुलाई हिंसा नगर्ने, हिंसाको उपेक्षा नगर्ने तथा हिंसाका घटनामा मौन नबस्ने प्रतिवद्धता व्यक्त गर्न लगाउनु भयो ।
सचेत विद्यार्थीहरुले हिंसा अन्त्य र समतामूलक समाज निर्माणमा महत्वपपूर्ण भूमिका निर्वाह गर्न सक्ने पोखरेलले बताउनु भयो ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सञ्चालित ओसिएमसीकी नर्स मनिषा सिम्खडाले आफू हिंसामा परेको जानकारी हुँदाहुँदै पनि महिलाहरूले बाध्य भएर हिंसा सहेर बस्नु पर्ने अवस्था कायम रहेको बताउनु भयो ।
कतिपय महिलालाई आफू हिंसामा परेपनि कसरी न्याय पाउँछु भन्ने बारेमा जानकारी समेत नभएको भन्दै ओसिएमसीले दिने सेवासुविधाबारे जानकारी दिनु भयो ।
मङ्सिर २५ गतेसम्म राजविराजमा गोष्ठि, अन्तरक्रिया, र्याली, सचेतना कार्यक्रम गरेर १६ दिने अभियान मनाउने क्रममा विश्व एड्स दिवसको अवसरमा मङ्सिर १५ गते विहान स्थानीय महादेव मन्दिरबाट र्याली र राजविराज नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिने सहयोगी समाजका रामप्रकाश चौधरीले जानकारी दिनु भयो ।
प्रत्येक वर्षनोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।
लैङ्गिक हिंसा अन्त्यको कामना गर्दै मैनबत्ती प्रज्ज्वलन
इन्सेक, महिला मानव अधिकार रक्षक सञ्जाल, सामुदायिक सेवा केन्द्र, सहयोगी समाज, राजविराज नगरपालिका र जिल्ला प्रहरी कार्यालयलगायतले लैङ्गकि हिंसा अन्त्यको कामना गर्दै मङ्सिर १३ राजविराजमा मैनवत्ती प्रज्वलन गरेका छन् ।
"सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान" भन्ने नाराका साथ सुरु भएको लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियानअर्न्तर्गत राजविराजस्थित गजेन्द्र चोकमा मैनबत्ती प्रज्वलन कार्यक्रम गरिएको हो ।
मैनबत्ती प्रज्वलन पश्चात सभालाई सम्बोधन गर्दै राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनले लैङ्गकि हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि स्थानीय सरकारले विभिन्न अभियान सञ्चालन गर्ने बताउनु भयो ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सबै खाले हिंसा अन्त्यका लागि सबै जना एक हुनु पर्ने र अभियानलाई र्सार्थक र प्रभावकारी बनाउनु पर्ने बताउनु भयो ।
एकल महिला समूहकी प्रदेश अध्यक्ष अनीता देवकोटाले अभियानले पीडितहरू न्याय पाउन आउने गरेको बताउनु भयो ।
अभियानलाई वर्षौ भरी नै गर्ने लक्ष्य रहेकोले सबैको सहयोग र पहलले हिंसा मुक्त समाज बनाउन सकिने उहाँको भनाई रहृयो ।
प्रत्येक वर्षनोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो ।
उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेटि्रया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
मङ्सिर २५ गतेसम्म राजविराजमा गोष्ठि, अन्तरक्रिया, र्याली, सचेतना कार्यक्रम गरेर १६ दिने अभियान मनाउन लागिएको मूल समारोह समितिका सदस्य एवम् सामुदायिक सेवा केन्द्रका सचिव संजय शर्माले बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…