इन्सेकद्वारा शुभम् फाउण्डेशनको स्थलगत अवलोकन
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम्) को इन्सेकले वैशाख २९ गते स्थलगत अनुगमन गरेको छ ।
शुभम् फाउण्डेशनमा रहेका बालबालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा शुभम् सञ्चालक साकेला गाउँपालिका–२ रतन्छाका ७५ वर्षीय मदन राईलाई प्रहरीले अनुसन्धानका लागि वैशाख २९ गते गिरफ्तार गरे लगत्तै इन्सेकले फाउण्डेशनको स्थलगत अनुगमन गरेको हो ।
इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयल र राष्ट्रिय मानव अधिकार आयोश शाखा कार्यालय, खोटाङ प्रमुख गीता दाहालको टोलीले शुभमको स्थलगत अवलोकन गरेको हो ।
शुभमका सञ्चालक यौन दुर्व्यवहार आरोपमा अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि बालबालिकासँग भेट गरी घटनाका विषयमा जानकारी लिइएको छ ।
आठ वर्षदेखि माथिका बालबालिकालाई जीवनपयोगी शिक्षाका नाममा फाउण्डेशनभित्र कृषि काममा लगाउने अवस्था रहेको इन्सेक खोटाङ प्रतिनिधिको भनाइ छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…