इन्सेकद्वारा विर्तामोड घटनाको छानबिन गर्न माग
विर्तामोडमा एक जना सर्वसाधारणको ज्यान जाने गरी भएको घटनाको भर्त्सना गर्दै निश्पक्ष छानबिन गरी पीडितलाई न्याय दिन इन्सेकले माग गरेको छ ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाद्वारा हस्ताक्षर गरी कात्तिक १२ गते जारी विज्ञप्तिमा आक्रोशित र अनियन्त्रित भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरिएको र बिना सूचना अश्रुग्यास र गोली प्रहार गरिएको घटनाको यथार्थ बुझ्ने क्रममा ज्याकेटसहित अनुगमनमा रहेका स्थानीय मानव अधिकारकर्मी र सञ्चारकर्मीहरूलाई समेत अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै दुर्व्यवहारसमेत गरिनु खेदजनक भएको उल्लेख गरिएको छ ।
कात्तिक १० गते गरिएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि अर्जुनधारा नपा-११ का ३२ वर्षीय नरेश थापाको घटनास्थलमै मृत्यु भएको थियो ।
शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीबाटै यस किसिमको घटना हुनुलाई गम्भीरतापूर्वक लिइएको जनाउँदै विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।
अर्जुनधारा नगरपालिका-११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको असोज १४ गते दसैँको टिकाको दिन भएको मृत्यु शङ्कास्पद भएको भन्दै घटनाका सम्बन्धमा आफन्तले दिएको उजुरी उपर प्रहरी अनुसन्धान फितलो भएको आरोप लगाउँदै आफन्त र स्थानीय गाउँले आन्दोलित भएका थिए ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगर
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…