इन्सेकद्वारा रौतहटमा पर्यवेक्षक अभिमुखिकरण तथा अनुगमन

  ०७९ कात्तिक २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा रौतहट जिल्लाका निर्वाचन पर्यवेक्षकहरुका लागि कात्तिक २८ गते अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
अभिमुखिकरण कार्यक्रममा इन्सेक मधेस प्रदेश कार्यलय प्रमुख राजु पासवानले निर्वाचन आचारसंहिता तथा पर्यवेक्षकहरुको दायित्व र पर्यवेक्षहरुले ध्यान दिनुपर्ने कुराहरुमा प्रस्तुतीकरण गर्नु भयो ।

निर्वाचन पूर्व, निर्वाचनको दिन तथा निर्वाचन पछिका अवधिमा ध्यान दिनुपर्ने तथा निर्वाचन पश्चात मतगणना स्थलमा ध्यान दिनुपर्ने कुराहरुमा पर्यवेक्षण कार्यलाई प्रभावकारी बनाउन उहाँले जोड दिँदै प्रस्तुतीकरण गर्नु भयो ।

पर्यवेक्षकहरुले कुनैपनि कुराको टिप्पणी नगरी त्यहाँ भएका गतिविधिको बारेमा रिर्पोङ्टिग गनुपर्ने मुख्य जिम्मेवारी रहेको इन्सेक मधेस प्रदेश संयोजक पासवानले बताउनु भयो ।
इन्सेक मधेस प्रदेश कार्यलयका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले निर्वाचन पर्यवेक्षण अवलोकन प्रतिवेदन फारामको बारेमा छलफल गर्नु भयो ।

चन्द्रनिगहापुरमा संचालन गरीएको अभिमुखीकरण कार्यक्रममा इन्सेकबाट प्रयवेक्षण गर्नु हुने १३ जना पर्यवेक्षकहरुको उपस्थिति रहेको थियो ।

यसैबिच इन्सेक मधेस प्रदेश संयोजक पासवानको नेतृत्वमा कार्यक्रम फोकल पर्सन बस्याल र इन्सेक प्रतिनिधि कोपिला तिमिल्सिनाको टोलीले ईलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी सन्तुलाल प्रसाद जयसवालसँग भेटघाट गरी जिल्लाको शान्ति सुरक्षा र निर्वाचनको तयारीका सन्दर्भमा छलफल गर्नु भएको थियो ।

भेटघाटमा डिएसपी जयसवालले जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन तहको सुरक्षा घेरामा मतदानको तयारी गरिएको बताउनु भयो । तीन ओटै सुरक्षाकर्मी बिचको समन्वय गरी शान्तिपुर्ण तबरले निर्वाचन सम्पन्न गराउने गरी जिल्लाको शान्ति सुरक्षालाई कडा पारिएको उहाँले जानकारी दिनु भयो ।

उहाँले गत निर्वाचन भन्दा शान्ति सुरक्षाको व्यवस्था व्यवस्थित बनाइने र त्यसको लागि कात्तिक २९ गतेसम्म व्यवस्थापन गरीने तयारी रहेको कुरा बताउनु भयो ।

यसैबिच टोलीले जिल्ला कारागार गौरका कारागार प्रमुख सम्भु साहसँग भेटि कारागारमा कैदीबन्दीको निर्वाचनमा मतदान गर्ने अधिकारको सन्दर्भमा छलफल गर्नु भएको छ । कारागार प्रमुख साहले कागारमा ३ सय ८७ कैदीबन्दी मध्ये ७३ जनाले मतदान गर्न पाउने भएको जानकारी दिनु भयो । ७३ जना मध्ये पाँच जना हालसालै जेलमुक्त भएका छन् ।

गत निर्वाचनमा कैदी बन्दीहरुलाई सो अधिकार नरहेकोले यो निर्वाचनदेखि सो व्यवस्था भएकोले कैदी बन्दीहरु खुशी भएको बताउनु भयो । वहाँले यस जिल्ला अन्र्तगतका कैदी बन्दीहरुलाई प्रत्यक्षतर्फ पनि मतदानको अधिकार दिनुपर्ने कुरा सुझावको रुपमा राख्नु भयो । मतदाता नामावलीमा अन्तिम पटक नाम भएकालाई समावेश गरीएको उहाँले बताउनु भयो ।
इन्सेक मधेस प्रदेश संयोजकलाई कारागारको भवन निर्माण गर्दा ९५ हजार रुपियाँ अहिले पनि समान खरिद गर्नेलाई दिन नसकेको हुँदा सो रकमको लागि पहल गरिदिनु हुन कारागार प्रमुख साहले अनुरोध गर्नु भयो ।
photo20221115rautahat


कोपिला तिमल्सिना