इन्सेकद्वारा मानव अधिकार अवस्थाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीले पर्वत जिल्लाको मानव अधिकार अवस्थाको अनुगमन गरेको छ ।
कात्तिक २८ गते पर्वत आएको इन्सेकको टोलीले जिल्लाका सरोकारवालाहरूसँग भेटघाट गरेर मानव अधिकार अवस्थाको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले मानव अधिकारसम्बन्धी घटना विगतको वर्षको तुलनामा चालु आर्थिक वर्षमा कमी भएको बताए ।
उनले पछिल्लो समयमा बलात्कार, लागु औषध र सार्वजनिक अपराधका घटनाहरू बढी आएको बताउँदै मानव अधिकार उल्लङ्घनका घटनाहरू कमी रहेको बताए ।
सार्वजनिक अपराध अन्तर्गत बढी मात्रामा जुवातास, चोरीका घटना रहेको सिडिओ गुरूदत्त ढकालले जानकारी दिए । ढकालले सामाजिक रूपमा सचेतना बढ्दै गएपछि मानव अधिकार उल्लङ्घनका घटनामा समेत कमी आउने बताए ।
अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर रविन्द्रकुमार श्रेष्ठले समेत मानव अधिकार उल्लङ्घन सम्बद्ध घटनाहरूमा कमी आएको बताउँदै घटना दर्तामा समेत त्यस्ता प्रकारका उजुरीहरू नआएको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्वतमा महिला हिंसा, लागुऔषध, जुवातास, आत्महत्यासम्बन्धी घटना नै बढी दर्ता हुने गरेको उनको भनाई छ ।
भेटघाटका क्रममा नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष छविलाल तिवारीले मुलुकमा सङ्घीय संरचना लागु भएपश्चात् स्थानीय तहहरू सञ्चार मैत्री हुन नसकेको बताए । उनले पर्वतका स्थानीय तहहरूबाट सूचना प्राप्त गर्न असहज भएको गुनासो समेत गरे ।
अनुगमन टोलीमा इन्सेक केन्द्रीय कार्यालयबाट पिएमइ अधिकृत सुबेच्छा खड्का, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल र गण्डकी प्रदेशकै प्रलेख अधिकृत सुमित्रा भट्टराई सहभागी थिए ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…