इन्सेकद्वारा मकवानपुरका मतदान स्थलको अनुगमन

  ०७९ मङ्सिर ३ गते

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा इन्सेक बागमती प्रदेश कार्यालयको नेतृत्वमा जिल्ला प्रतिनिधि तथा इन्सेकबाट खटिएका पर्यवेक्षकको टोलिले मकवानपुर जिल्लाको मतदान केन्द्रहरूको अनुगमन तथा निरीक्षण गरेको छ ।

इन्सेक बागमती प्रदेश प्रमुख गणेश भण्डारी, प्रलेख अधिकृत सोम नेपाली, जिल्ला प्रतिनिधि पुष्पराज अधिकारी र पर्यवेक्षक विनोद ढकालको टोलिले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र १ अन्तर्गत ९ ओटा केन्द्र रहेको भुटनदेवी मावी, सात ओटा केन्द्र रहेको प्रगति मावि र प्रतिनिधि सभा क्षेत्र २ अन्तर्गत सात ओटा केन्द्र रहेको त्रिभुवन मावि मतदान स्थलको अनुगमन गरेको छ ।

20221119_130715

जिल्लाको सबैभन्दा धेरै मतदान केन्द्र रहेको भुटनदेवी मावी मतदान स्थलमा नौ ओटा केन्द्र छन् जसमा कूल ८ हजार ५ सय ५४ जना मतदाता रहेको मतदान अधिकृत अमर अधिकारीले जानकारी दिनुभयो ।

यस्तै सात ओटा केन्द्र रहेको प्रगति मावी मतदान स्थलमा कुल मतदाता ६ हजार ६ सय ६७ जना रहेको मतदान अधिकृत डा. राम थापा क्षेत्रीले बताउनुभयो । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत सात ओटा केन्द्र रहेको त्रिभुवन मावीमा मतदान स्थलमा ६ हजार ४ सय ५ जना मतदाता रहेको मतदान अधिकृत निश्चल घिमिरेले बताउनुभयो ।

निरीक्षणका क्रममा निर्वाचन आयोगले मतदाताको आधारमा मतदान केन्द्र थप गर्ने तर मतदान स्थल एक मात्रै बनाउदा केन्द्र व्यवस्थापन तथा सुरक्षामा समस्या बढेको मतदान स्थलमा खटिएका मतदान अधिकृत भरतप्रसाद बिडारीले बताउनुभयो । यद्यपि सिमित स्थानका बाबजुद मतदातालाई लाइनबाट मतपेटिकासम्म पुग्न सहज हुने गरी केन्द्रको व्यवस्थापन मिलाएको तथा वृद्ध, अशक्त अपाङ्ग भएका व्यक्तिलाई सजिलै मतदान गर्न पाउने गरी व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

मकवानपुरको दुई प्रतिनिधि सभाको र प्रदेशस भाको चार वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १ सय ६७ ओटा मतदानस्थल र दुई अस्थायी सहित ३ सय ६४ ओटा मतदान केन्द्र छन् भने कूल ३ लाख ७ सय ३३ जना मतदाता छन् ।

20221119_125104  20221119_132459 20221119_132758 20221119_132833 20221119_133211 20221119_141155 20221119_142837


पुष्पराज अधिकारी