इन्सेकद्वारा बाढी पहिरो पछिको अवस्थाको स्थलगत अवलोकन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सूचना अधिकृत कृष्ण गौतमको नेतृत्वमा मानव अधिकारकर्मीको टोलीले बाढी पहिरो पछिको अवस्थाको बारेमा स्थलगत अवलोकन गरेको छ ।
टोलीले असोज २१ गते काठमाडौँ र ललितपुर जिल्लाका विभिन्न स्थानको स्थलगत अवलोकन गरेको हो । टोलीले ललितपुर महानगरपालिका र गोदावरी नगरपालिका क्षेत्रको अवलोकन गरेको थियो ।
गोदावरी नगरपालिका–९ टिकाभैरबमा रहेको बुद्ध माविको भवनमा बुरुन्चुली खोलाबाट आएको लेदोसँगै आएको ढुङ्गामाटो सहितको पाँगोले भुइँतलामा रहेका प्राय सबै कक्षाकोठा हिलाम्य छन् ।
टिकाभैरबको पुलमुनि डोजरले ग्राभेल सोहोरेको थियो । १२ असोजको बाढीपछि रोकिएका दुध र तरकारी ओसार्ने ट्रक यो पुल मर्मत नभएसम्म चापागाउँबाट कान्तिलोकपथतर्फ जान नसक्ने अवस्था आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले बताउनु भयो ।
स्थानीय लक्ष्मी स्याङतानले भन्नु भयो–‘कसको गोठ बगाएर हो बुरुन्चुली खोलाले एउटा भैँसी यही घर र स्कुलको बिचबाट बगाएर लग्यो ।’ टिकाभैरबका स्थानीय दीपक दुलालका अनुसार, बाढीले पाइप बगाएपछि खानेपानीको समस्या भएको छ । बाटो भत्किँदा गाउँमा उत्पादित दुध ओसार्न र बस्तुभाउलाई दिने ढुटोपिनाको पनि अभाव हुन थालेको छ ।
गोदावरी नगरपालिका–९, छम्पी टिकाभैरबमा रेहेको बुद्ध माध्यमिक विद्यालयको पुर्व प्राथमिक तहका विद्यार्थीको कक्षा कोठामा रहेको कार्पेट पुरै क्षति भएको छ भने प्राथमिक तहका कक्षा कोठाको फर्निचर क्षति भएको विद्यालयका प्रधानाध्यापक दीपक बानियाले जानकारी दिनु भयो ।
विद्यालयको शौचालय पुरै क्षति हुनुका साथै स्टोरका रुपमा प्रयोग हुँदै आएको पुरानो भवन बगाउँदा खेलकुद सामग्रीका साथै धेरै क्षति भएको विद्यालयले जनाएको छ । विद्यालयको कम्पाण्ड वाल भत्किएका कारण जोखिम रहेको छ ।
अवलोकनका क्रममा स्थानीय स्थानीय लक्ष्मी श्रेष्ठ घरको आँगनमा थुप्रिएको पाँगो पन्छाउँदै गरेको पाइएको इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले बताउनु भयो । उहाँले खानेपानीको समस्या रहेको र विद्युत प्रशारण लाइन समेत अबरुद्ध हुँदा असहज भएको बताउनु भयो ।
स्थानीय भिम श्रेष्ठकाअनुसार बस्तीमा पसेको पाँगो र खोलाले ल्याएका पशु चौपायको व्यवस्थापनमा स्वयम्सेवी, प्रहरी, स्थानीवासीहरुको सहयोग भएको थियो ।
स्थानीय विश्वराज खड्काको पक्की घर भत्किएको छ भने त्यहाँको बस्ती जोखिममा परेको छ । टिकाभैरव आवतजावत गर्ने पुरानो पुल बगाएपछि स्थानीय सिखर्पावासीले बजार र बस्तीबिचको सम्बन्ध कसरी जुट्ला भन्ने चिन्ता रहेको बताएका छन् ।
गोदावरी नगरपालिका–६ मा रहेको आनन्दवन अस्पतालको तालिम केन्द्र भवनमा क्षति पुगेको छ भने स्टाफ क्वाटर, अस्पतालको वार्ड भवन पहिरोले जोखिमपुर्ण अवस्थामा छ ।
अस्पतालको क्वाटर भवनमा पहिरो खस्दा माइक्रोबायोलोजिष्ट वैज्ञानिक विवेककुमार सिंहको मृत्यु भएको थियो । अस्पतालमा बत्ति र इन्टरनेट नहुँदा सेवाप्रवाहमा बाधा पुगेको मेडिकल डाइरेक्टर डाक्टर महेश शाहले बताउनु भयो ।
भुकम्पले क्षति भएको अस्पताल भवन पाँचवर्ष लगाएर पुनर्निर्माण सम्पन्न भइ गत वर्षदेखि मात्रै सञ्चालनमा आएको थियो । अहिले वर्षका कारण आएको पहिरोले अरु भवनमा क्षति भएकोले सेवा प्रवाहमा बाधा परेको अस्पतालका मेडिकल सुपरिटेण्ड डाक्टर प्रदीप सापकोटाले बताउनु भयो ।
गोदावरी नगरपालिका–१० मा रहेको बागेश्वरी आधारभुत विद्यालयको पक्की भवन माथिबाट आएको पहिरोले ढलाएको छ । विद्यालयको लाइब्रेरी, कार्यालय, इसिडि टेलिभिजनसहितको कक्षा, कक्षा एक अध्यापन कक्ष समेतमा पुरै क्षति भएको विद्यालयका प्रधानाध्यापक एकप्रसाद बजगाईले जानकारी दिनु भयो ।
दीपकप्रसाद घिमिरे
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…