इन्सेकद्वारा बलात्कार घटनाकी पीडितलाई आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित ३२ वर्षीया महिलालाई ०८० फागुन १८ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडितलाई साउन ७ गते पर्सा गाउँपालिका–२ का ३८ वर्षीय रामप्रताप राय यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा साउन ११ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

आरोपितलाई ०८० माघ ७ गते गाउँ घरबाटै जिल्ला प्रहरी कार्यालयको टोलीले गिरफ्तार गर्नुका साथै माघ ८ गते जिल्ला अदालतमा हाजिर गराइ थप अनुन्धान अगाडि बढाएकाे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राकेश यादवले जानकारी दिनु भयो ।

पीडितकाे आर्थिक अवस्था कमजाेर रहेकाे हुनाले न्यायिक प्रक्रियामा सहयाेग पुग्ने आशा गर्दै इन्सेक मधेश प्रदेश कार्यालयले पीडितलाई आर्थिक सहयाेग गरेकाे संयोजक राजु पासवानले बताउनु भयाे ।


बुधन साह