इन्सेकद्वारा प्रहरी हिरासत कक्षको अनुगमन
इन्सेक कपिलवस्तुले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेको छ । इन्सेकका साधारण सदस्य रुकैया खातुन, इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य र मानव अधिकार समूहकी संयोजक पुष्पा रेग्मीले हिरासत कक्षको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालयका एसपी प्रेमबहादुर बस्नेतसँग जिल्लाको मानव अधिकारको अवस्थाको बिषयमा छलफल गरेका थिए । जिल्लामा हुने अपराधिक घटनाहरु , मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरू र मधेशी, मुश्लिम समुदायमा हुने लैंगिंक हिंसाका घटनाहरू न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।
अनुगमनका क्रममा क्षमता भन्दा बढी थुनुवाहरु रहेका, विशेष गरी बाल विवाह , बहुविवाह , घरेलु हिंसा, लैंगिंक हिंसा , र लागूपदार्थ दुर्व्यवसनीका घटना बढी हुने गरेको पाइयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी बस्नेतले मानव अधिकारको क्षेत्रमा प्रहरी सम्वेदनशील भएको बताउँदै जिल्लामा घट्ने बिभिन्न अपराधिक घटनाहरू न्यूनिकरण गर्न बिभिन्न अभियानहरू संचालन गर्दै आएको बताउनु भयो । हिरासत कक्षका दुई वटा कोठामा हाल २० जना व्यक्तिहरुलाई राखिएका छन् ।
इन्सेकका साधारण सदस्य रुकैया खातुनले पछिल्लो समयमा लैगिंक हिंसाका घटनाहरू वृद्धि भएको हुँदा जिल्ला प्रहरी कार्यालयले स्थानीय तह र बिभिन्न सरोकारवालाहरूसँग समन्वय सहकार्य गर्न सुझाव दिनु भयो । हिरासत कक्षको अनुगमन गर्दै हिरासतमा अनुसन्धानमा रहेका थुनुवा नागरिकहरूसँग कुराकानी गर्दै सरसफाईमा ध्यान दिन सुझाव दिनु भयो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका अनुसार आर्थिक वर्ष ०७९/०८० मा २ सय २६ जना बालबालिका हराएको भन्दै उजुरी परेका थिए । चालु आर्थिक वर्ष ०८०/०८१ को साउन महिनामा मात्रै १८ जना बालबालिका हराएको निवेदन परेका छन् ।
पार्वती आचार्य
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…