इन्सेकद्वारा पोखरामा आयोजित मानव अधिकारसम्बन्धी दुई दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र लोकतन्त्रका लागि महिला (डब्लुपीडी नेपाल) को सहकार्य र क्यानडा सरकारको सहयोगमा आयोजना गरिएको मानव अधिकारसम्बन्धी दुई दिने तालिम पोखरामा पुस १६ गते सम्पन्न गरिएको छ ।
आर्थिक तथा सामाजिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत नुवाकोट र मकवानपुरमा कार्यरत स्थानीय साझेदार संस्थाका पदाधिकारीहरूका लागि सो तालिम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले महिलाहरूलाई सक्षम र सचेत बनाउन यस्ता तालिहरू प्रभावकारी हुने बताउनु भयो ।
उहाँले महिलाहरूलाई सीप सिकाइ र श्रमलाई उत्पादनसँग जोड्दै व्यवसायीकरण गर्न सकेमात्र महिलाहरु आर्थिक रूपले सक्षम हुने बताउनु भयो । आफूहरु सदैव मानव अधिकारको पक्षमा रहेको उहाँको भनाइ थियो ।
जिल्ला अदालत बागलुङका न्यायाधीश डा. दिवाकर भट्टले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उल्लङ्घनमा न्यायिक उपचार वा न्यायिक निरुपणका विषयमा सहजीकरण गर्दै मानव अधिकार राजनीतिक, र कानुनी विषयसँगै समग्र जीवनको अपरिहार्य विषय भएको बताउनु भयो ।
उहाँले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका लागि सर्वोच्च अदालतको भूमिका रचनात्मक रहेको बताउनु भयो ।
गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव मनमाया पङ्गेनीले महिलाहरूको सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि सरकार र मन्त्रिपरिषद्ले पहल गर्नुपर्नेमा जोड दिनु भयो । महिला हिंसा न्यूनीकरणका लागि घरघरबाट अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले मानव अधिकारसम्बन्धी यस्ता तालिमले महिलाहरूलाई अझ बढी सबल र सशक्त बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै तालिममा सिकेका कुराहरूलाई पूर्णरुपले व्यवहारमा कार्यान्वयन गर्न समेत सहभागीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमख लिलाधर पौडेल, मानव अधिकार आयोगका अधिकृत मोहन काफ्ले, श्रेया बज्राचार्य, इन्सेक केन्द्रीय कार्यालय काठमाडौंका परियोजना अधिकृत कृष्णप्रसाद नेपाल र व्यवस्थापन प्रमुख सुबेच्छा खड्का लगायतले मानव अधिकारका विषयमा धारणा राख्नु भएको थियो ।
मोहन कुमार बिष्ट
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…