इन्सेकद्वारा पाँचथर घटनाको अनुगमन, राज्यलाई जिम्मेवार बन्न आग्रह
पाँचथरको फालेलुङ्ग गाउँपालिका-५ डाडाँगाउँ,प्राङबुङ्गमा भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले स्थलगत अनुगमन पश्चात पत्रकार सम्मेलन गरी राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरेको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले भदौ १८ र १९ गते घटनाको स्थलगत अनुगमन गरी भदौ २० गते फिदिममा पत्रकार सम्मेलन गरी घटनाका विषयमा राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरेको हो ।
इन्सेकले घटनाका पीडित(घाइते) पीडित परिवार, छिमेकीहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, फालेलुङ्ग गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकारलगायतसँग घटनाका विषयमा जानकारी लिएर राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरिएको इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनु भयो ।
घाइते बालकहरूलाई स्थानीय सरकार, अस्पताल र प्रहरी प्रशासनसँग समन्वय र सहकार्य गरी उपचारका लागि कीर्तिपुरस्थित वर्न(जलन) अस्पतालमा भदौ १९ गते भर्ना गरिएको अधिकारीले बताउनु भयो ।
नेपालमा २०५२ फागुन १ देखि सुरूआत भएको सशस्त्र द्घन्द्घ २०६३ मङ्सिर ५ मा नेपाल सरकार र तत्कालीन विद्रोही पक्षबिच विस्तृत शान्ति सम्झौता भएसँगै द्घन्द्घ अन्त्यको घोषणा भएको १८ वर्ष बितेपनि नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको अझै सुनिश्चित हुन नसकेको प्रलेख अधिकृत अधिकारीले बताउनु भयो ।
नेपाल सरकारले २०६८ जेठ ३१ गते बारूदी सुरूङ मुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष व्यतित भइसकेको अवस्थामा पाँचथरमा हालैको घटना र यसअघिका घटनालाई राज्यले गम्भीरतापूर्वक लिन इन्सेकले आग्रह गरेको छ ।
राज्यले शान्ति सम्झौता गरेको तर, यस अवधिमा द्घन्द्घकालका अवशेषहरू बाँकी रहेकाले नागरिकको जीवनमा खतरा कायमै रहेको तर्फ राज्य जिम्मेवार हुन इन्सेकले आग्रह गरेको छ ।
द्वन्द्वसँग साइनो र सम्बन्ध नै नभएका अबोध बालबालिका मारिने तथा घाइते, अङ्गभङ्ग हुने क्रम जारी छ । हालैको पाँचथर जिल्ला, फालेलुङ्ग गाउँपालिका-५ प्राङबुङ्ग, डाँडागाउँमा २०८१ भदौ १३ गते भएको विष्फोटको घटनाले बाल अधिकार सुनिश्चिताका लागि धेरै कार्य गर्न बाँकी रहेको इन्सेकले औँल्याएको छ ।
फालेलुङ्ग गाउँपालिका-५ डाडाँगाउँ, प्राङबुङ्गमा घटनामा एकै परिवारका दाजुबहिनी ११ र अढाई वर्षीया बालबालिकाको ज्यान गएको छ । सात र ११ वर्षीय बालकद्वय उपचारमा छन् ।
बालबालिकाको ज्यान जाने गरी भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र नेपाल बाल मजदूर सरोकार केन्द्र(सिविन नेपाल) कोशी प्रदेशले भदौ १८ र १९ गते स्थलगत अनुमगन गरी फिदिममा पत्रकार सम्मेलन गरी घटनाका विषयमा राज्यलाई जिम्मेवार बन्न आग्रह गरेको हो ।
घाइते बालकहरूलाई स्थानीय सरकार, अस्पताल र प्रहरी प्रशासनसँग समन्वय र सहकार्य गरी उपचारका लागि कीर्तिपुरस्थित वर्न(जलन) अस्पतालमा भदौ १९ गते भर्ना गरिएको इन्सेकले पत्रकरा सम्मेलनमा जानकारी गराएको छ ।
तत्काल पीडित परिवारलाई राज्यको सम्बोधनसहित घाइतेको प्रभावकारी उपचार, मृतक परिवारलाई उचित क्षतिपूर्ति र राहत, बारूदी सुरूङ, विष्फोटक पदार्थको प्रष्ट परिभाषासहित थप नागरिकको जीवन जोखिममा पर्न नदिन विष्फोटक पदार्थको निश्कृय र उचित व्यवस्थापनका लागि इन्सेकले प्रेस विज्ञप्तिमार्फत सरकारसँग अपील गरेको छ ।
पाँचथरमा भएका जस्ता घटनाले शान्ति प्रक्रियामा गम्भीर ठेस पुर्याउने निश्कर्ष इन्सेकको छ । घटनाको यथाशीघ्र छानविन गरी न्यायिक दायरामा ल्याउन जोडदार माग इन्सेकले विज्ञप्तिमार्फत जनाएको छ । विष्फोटक पदार्थका बारेमा सचेतना अभियान सञ्चालन गर्न इन्सेकले नेपाल सरकारलाई आग्रह गरेको छ ।
इवारा जबेगु लिम्बू
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…