पत्रकार कुटपिट घटनाका दोषीलाई कारवाही गर्न इन्सेकको माग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाले ०७९ मङ्सिर २० गते एक प्रेस विज्ञप्ति प्रकाशन गरी बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा (इन्द्र) र सोही पत्रिकाका स्तम्भकार रामकुमार रिजाल (एलन) माथि मङ्सिर १८ गते राति भएको साङ्घातिक आक्रमण घटनाको दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
घटनाप्रति इन्सेकको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक गणेश भण्डारीद्वारा जारी विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारद्वयमाथि भएको घटनाको दोषी उपर कानुनी कारबाहीको लागि सम्बन्धित पक्षसँग जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “जनताको सूसुचित हुन पाउने संवैधानिक हक पूर्ण रूपमा सुरक्षित हुनुपर्ने र प्रकाशन भएको समाचारमा चित्त नबुझे त्यस उपर सम्बन्धित निकायमा उजुरी गर्ने लगायतका कानुनी बाटाहरू हुँदाहुँदै पनि आपसी विवाद निकालेर मानव अधिकार रक्षकका संवाहक सञ्चारकर्मी माथि भएको यस घटनाले हामीलाई दुखिः तुल्याएको छ।”
मानव अधिकार रक्षक माथि हुने कुनै पनि घटनाको सुरक्षाको प्रत्याभूति गर्ने दायित्व सरकारको हुने विषयमा इन्सेकले विगत डेढ दशकदेखि आवाज उठाउँदै आएको स्मरण गर्दै विज्ञप्तिमा मानव अधिकार रक्षकको अधिकार संरक्षण र प्रवर्धनका लागि २०६८ सालमै राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार निर्देशिका जारी गरिसकेको र नेपाल सरकारको तर्फबाट २०७७ सालमा मानव अधिकार रक्षकसम्बन्धी गृह मन्त्रालयबाट ऐन बने पनि प्रभावकारी कार्यान्वयन नहुँदा अझै पनि यस प्रकारका घटना दोहरिने गरेको उल्लेख गरिएको छ ।
मानव अधिकार रक्षक माथि हुने गरेका जुनसुकै घटनाका दोषीलाई यो वा त्यो बाहना देखाएर उन्मुक्ति दिने कार्य नगर्न इन्सेकले गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।
इन्सेकले पीडितद्वयको निःशुल्क उपचारको व्यवस्था गर्न र पुनः हुने सक्ने आक्रमणबाट संरक्षण तथा घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेको छ ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…