इन्सेकद्वारा निर्वाचन पूर्वको अवस्था बारे सरोकारवालाहरूसँग छलफल
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको टोलीले जिल्लामा निर्वाचन पूर्व को अवस्था बारे कात्तिक ३० गते सरोकारवालाहरु सँग छलफल गरेको छ ।
इन्सेक कार्य समिति सदस्य शोभाकर बुढाथोकी, लुम्बिनी प्रदेश संयोजक भोला महत र केन्द्रिय कार्यालयका कृष्ण गौतम सम्मिलित टोलीले जिल्लाका अधिकारर्मी र पत्रकाहरू सँग निर्वाचनको तयारी, मतदाता शिक्षाको प्रभावकारिता, आचारसंहिताको पालन र निर्वाचन बहिष्कार गर्ने पक्षको अवस्थाका बारेमा छलफल गरेको थियो ।
छलफल क्रममा जिल्लामा मतदाता शिक्षा प्रभावकारिता नभएको कान्तिपुर समाचारदाता सम्शेरविक्रम जिसीले बताउनु भयो ।
अधिकारकर्मी पार्वता श्रेष्ठले मतदान स्थमा वृद्ध र अपाङ्गता भएकालाई लैजान र ल्यानको लागि सहजता नभएको बताउनु भयो ।
मानवअधिकार संगठनका जिल्ला अध्यक्ष मेघराज भट्ले निर्वाचन प्रचार प्रसारको समयमा राजनीतिक दलहरूले आचार संहिता बिपरित ठुला झण्डा र साउण्ड सिस्टमको प्रयोग गरेको बताउनु भयो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–५ का ३६ वर्षीय दिनेश राईलाई १९ वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको माघ २०…
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…