इन्सेकद्वारा निर्वाचनकाे पूर्व पर्यवेक्षण
इन्सेक केन्द्रीय कार्यालयद्वारा तनहुँ क्षेत्र नम्बर– १ मा हुने निर्वाचनकाे पूर्व पर्यवेक्षण गरिएको छ ।
इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशिल प्याकुरेलको नेतृत्वमा तनहुँमा निर्वाचन पूर्वको तयारीको अवस्था, निर्वाचन आचार संहिताको पालनाको अवस्था, शान्ति सुरक्षाको अवस्था तथा दल तथा उम्मेदवारहरूको गतिविधिको बारेमा वैशाख ७ गते पर्यवेक्षण गरिएको छ ।
सो अवसरमा तनहुँका मुख्य निर्वाचन अधिकृत कोमलनाथ आचार्य, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा नागरिक समाजका प्रतिनिधिहरूसँग पनि यसबारेमा छलफल गरिएको थियो । साथै उम्मेदवारहरूसँग पनि घरदैलोको क्रममै भेट गरि प्रचार अभियानको बारेमा छलफल भएको थियो ।
पर्यवेक्षणको क्रममा इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेलले निर्वाचनको स्वच्छता र निश्पक्षता कायम हुनुपर्ने बताउनु भयो । त्यहि विषयमा अनुगमन र पर्यवेक्षणको आवश्यकता देखिएको भन्दै उहाँले राज्यशक्तिको दुरूपयोग हुनसक्ने तर्फ सचेत बन्नुपर्ने बताउनु भयो ।
निर्वाचन आचार संहिताको उल्लङ्घन भएको भन्ने गुनासो आएको भन्दै प्याकुरेलले यसबारेमा सरोकारवालाहरू बढि गम्भिर बन्नु पर्ने बताउनु भयो ।
छलफलमा तनहुँ क्षेत्र नम्बर– १ का मुख्य निर्वाचन अधिकृत कोमलनाथ आचार्यले दल तथा उम्मेदवारहरूलाई निर्वाचन आचार संहिताको पुर्ण पालना गर्न पटक–पटक ध्यानाकर्षण गराइएको बताउनु भयो । उहाँले आचार संहिता उल्लङ्घन भएको बारेमा कुनै उजुरी नआएपनि आफुहरूले अनुगमन समिति मार्फत र सुरक्षा निकायमार्फत आचार संहिताको पालना गराउन ध्यानाकर्षण गराइएको बताउनु भयो ।
निर्वाचनको स्वच्छता र निश्पक्षताको सबैले सम्मान गनुपर्ने भन्दै उहाँले विहिबार रातीदेखी हुने मौन अवधिमा विशेष चनाखो रहनुपर्ने बताउनु भयो । मौन अवधिमा सुरक्षा निकायलाई बढि सेचत हुन निर्देशन दिइएको उहाँले बताउनु भयो ।
भौगोलिक विकटता भएको तिनओटा मतदान स्थललाई संवेदनशिल स्थानको रूपमा राखी विशेष निगरानी गरेको उहाँले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उपनिर्वाचन भएको कारणले यस क्षेत्रमा बढि महत्वले हेरिएको बताउनु भयो । उहाँले पनि निर्वाचन आचार संहिताको पालनामा ध्यानाकर्षण गराइएको बताउनु भयो । निर्वाचनको क्रममा मतदाता, उम्मेदवार र कर्मचारीहरूको सुरक्षामा कुनै कमी हुन नदिइने प्रजिअ रिजालले बताउनु भयो ।
सो पर्यवेक्षणमा इन्सेक केन्द्रिय कार्यालयका बरिष्ठ अधिकृतद्वय कृष्ण गौतम, सम्झा श्रेष्ठ र इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईको सहभागिता रहेको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…