इन्सेकद्वारा निर्वाचन आयोगसमक्ष स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रतिवेदन पेश
इन्सेकले निर्वाचन आयोगसमक्ष जेठ ३० गते स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रतिवेदन पेश गरेको छ । इन्सेककर्मीको एक टोली आयोगमा पुगेर प्रतिवेदन पेश गरेको हो भने अनलाइनमाध्यमबाट पनि प्रतिवेदन पेश गरेको छ ।
यसअघि इन्सेकले छिटफुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लङ्घनका घटना बाहेक शान्तिपूर्ण रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गरी निर्वाचनकै दिन प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको थियो ।
निर्वाचन आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त गरेका आफ्ना २ सय ३४ जना पर्यवेक्षकले देशभरका २ सय ५० भन्दा बढी मतदानस्थलको अनुगमन गरेको जनाउँदै इन्सेकले विगतका निर्वाचनजस्तै यस निर्वाचनमा पनि अपाङ्गता भएका मतदाताले केही स्थानमा मतदान गर्न कठिनाइ भोग्नु परेको जनाएको छ ।
अघिल्लो निर्वाचनका लागि मतदाता परिचयपत्र लिएका मतदाताको क्रम सङ्ख्या फरक हुँदा नाम खोज्न समय लागेको र यसले मतदान प्रक्रियामा ढिलासुस्ती भएको पनि इन्सेकले जनाएको छ ।
प्रतिवेदन बुझ्दै निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले पर्यवेक्षण प्रतिवेदनमा औँल्याइएका विषयलाई आयोगले तयार गर्ने एकीकृत प्रतिवेदनमा समेट्ने बताउनु भयो ।
इन्सेकको निर्वाचन पर्यवेक्षण फोकल पर्सन एवम् इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले निर्वाचन पर्यवेक्षणका क्रममा देखिएका विषयलाई प्रतिवेदनमा समावेश गरिएको बताउनु भयो ।
प्रतिवेदन बुझाउँदै इन्सेक अनलाइन अङ्ग्रेजी सम्पादक आर्या अधिकारीले पर्यवेक्षण गर्ने संस्थाहरूसँग छलफल गरी आगामी निर्वाचनहरूमा पर्यवेक्षण कार्यलाई सहज बनाउनु पर्ने बताउनु भयो ।
स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नु होला ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…