इन्सेकद्वारा निर्वाचनको पूर्व अवस्था बारे प्रजिअसँग छलफल

  ०७९ मङ्सिर १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक पासवानको नेतृत्वमा रहेको इन्सेक पर्यवेक्षक टोलीले कात्तिक २९ गते जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसँग भेटघाट गरी जिल्लाको शान्ति सुरक्षा, निर्वाचनको तयारी र अति संवेदनशिल मतदान केन्द्र र जिल्लाका मतदान स्थालको विषयमा छलफल गर्नु भएको छ ।
भेटघाट तथा छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी कटुवालले जिल्लाको शान्ति सुरक्षा राम्रो रहेको बताउनु भयो । उहाँले जिल्लाका सबै मतदान केन्द्र, मतदाता, उम्मेदवार र निर्वाचनका सरोकारवालासँग समन्वय गरी कुनै कमी कमजोरी हुन नदिने गरी तयारी गरिरहेको बताउनु भयो । सबै सुरक्षा निकाय कार्य अस्थलमा खटाइसकेको उहाँले बताउनु भयो ।
यसैबिच इन्सेकद्वारा बारा जिल्लाका निर्वाचन पर्यवेक्षकहरुका लागि कात्तिक २९ गते अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

अभिमुखिकरण कार्यक्रममा इन्सेक मधेस प्रदेश संयोजक पासवानले निर्वाचन आचारसंहिता तथा पर्यवेक्षकहरुको दायित्व र पर्यवेक्षकहरुले ध्यान दिनुपर्ने विषयमा सहजिकरण गर्नु भयो ।
निर्वाचन पूर्व, निर्वाचनको दिन तथा निर्वाचन पछिका अवधिमा देखेका र सुनेका विषयमा टिपोर्ट गरि इन्सेकको कार्यालयमा प्रतिवेदन पठाउन उहाँले आग्रह गर्नु भयो । पर्यवेक्षकहरुले कुनैपनि कुराको टिप्पणी नगरी निर्वाचन प्रक्रियामा भएका गतिविधिका बारेमा रिर्पाेटिङ्ग गर्नुपर्ने मुख्य जिम्मेवारी रहेको इन्सेक मधेस प्रदेश संयोजक पासवानले बताउनु भयो ।

photo20221117bara (1)

photo20221117bara (2)

photo20221117bara (3)


भोलानाथ पौडेल