इन्सेकद्वारा दलित समुदायको मानव अधिकार अवस्थाबारे अनुगमन
दसैँको समयमा विभिन्न क्षेत्रमा लाग्ने मेलामा दलित समुदायमाथि हुँदै आएको विभेदका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) समक्ष अनुगमन गर्न दलित समुदायले गरेको आग्रह अनुसार इन्सेकले अनुगमन गरेको छ ।
निङ्गालाशैनि भगवती, मेलौली भगवती, उदयदेव भगवती र डिलाशैनि भगवतीको मन्दिरमा दलित समुदायले विगतदेखि विभेद खेप्दै आएको बारेमा इन्सेकले असोज २३, २४ र २५ गते अनुगमन गरेको हो ।
इनसेक जिल्ला प्रतिनिधि नरी बडुको नेतृत्वमा पत्रकार, दलित अधिकारकर्मीलगायतले उनीहरूको अवस्थाबारे अनुगमन गरेका थिए ।
मल्लादेही गाविसमा बसोवास गर्दै आएका दलित समुदायले आफूहरूको मानव अधिकार अवस्थाबारे अनुगमन गरिदिन इन्सेकलाई आग्रह गरेपछि उक्त अनुगमन गरिएको इन्सेक जिल्ला प्रतिनिधि नरी बडुले जानकारी दिए ।
अनगमनमा संलग्न अधिकारकर्मीको टोलीले विगतका वर्षहरूको तुलनामा दलित समुदायमाथि गरिने विभेदमा कमी आएको निष्कर्षनिकालेको छ । 'विभेद निमिट्यान्न भने हुन सकेको छैन ।'-अधिकारकर्मी नरी बडुले बताए ।
अप्रत्यक्ष रूपमा दलित समुदायमाथि विभेद भएपनि प्रत्यक्ष रूपमा भने कसैले पनि विभेद नगरेको टोलीको निष्कर्ष छ ।
'आफूखुसी नै हामीले राँगाको मासु खायौं, यसपालि कसैले पनि खानुपर्छ भनेर जबरजस्ती गरेन ।' देहिमाण्डौँ गाविस- ५ बसैँका कृष्ण लावडले भने ।
राँगाको मासु खाने दलित समुदायले उक्त मन्दिर क्षेत्रको सरसफाई पनि गर्नुपर्ने चलन भने यथावत रहेको अनुगमन टोलीमा संलग्न दलित अधिकारकर्मी रमेश कोलिको भनाइ छ ।
'इच्छा हुनेले खायौं । नहुनेले खाएनौं । प्रत्यक्ष रूपमा दबाब दिएर खानै पर्छ भनेर कसैले पनि भनेनन् ।'-पाटन नगरपालिकाका हरि पहरीले भने ।
पुचौँडी क्षेत्रमा पर्ने मल्लादेही गाविसमा समितिले गरेको निर्णय अनुसार विधिवत रूपमा मेला सम्पन्न भएको डिलाशैनि मन्दिर सेवा समितिका अध्यक्ष वकिलबहादुर धानुकले बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…