इन्सेकद्वारा आगलागी घटनाको अनुगमन

Photo 20240428 Matihani 3
मटिहानी नगरपालिका–६ स्थित जरलहवा र मुस्लिम टोलमा ०८१ वैशाख १२ गते भएको भीषण आगलागी घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले वैशाख १४ गते स्थलगत अनुगमन गरेको छ ।

घटनाको अनुगमन इन्सेकको नेतृत्वमा राष्ट्रिय मानव अधिकार आयोग, मधेस प्रदेश, एडभोकेसी फोरम, ओरेक धनुषा, मुक्ति नेपाल, सिरहा, थर्ड एलाइन्सलगायतको सहभागिता थियो ।

अनुगमन टोलिले आगलागी प्रभावित परिवार तथा पालिकाका सरोकारवालाहरूसँग भेट्घाट गरेको मधेस प्रदेस संयोजन राजु पासवानले बताउनु भयो । आगलागीबाट १ सय ३ ओटा घर परिवार पीडित भएका हुन । जस मध्ये महिला ३ सय ९८ जना, पुरुष ३ सय ८८ जना गरी ७ सय ८६ जना पीडित रहेका छन । त्यस्तै १ सय ५८ जना किशोरी, १ सय ६७ जना किशोर र पाँच वर्ष मुनिका ७५ जना बालिका र ५७ जना बालक पीडित रहेको तथ्याङ्कक मटिहानी नगरपालिकाले जनाएको छ ।

आगलागीका कारण मानवीय क्षती नभएपनि १ सय २५ ओटा भन्दा बढी घरगोठ, ५ ओटा बाख्रा र दुई ओटा सुँगुर जलेर नष्ट भएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जानकारी दिनु भयो ।

१२ बजेदेखि सुरु भएको आगलागी ७ बजे नियन्त्रणमा आएको नगरपालिकाले जनाएको छ । मुस्लिम बस्तीस्थित परालको कुन्युबाट सल्किएको आगोले मुस्लिम र हत्ता टोलका घरहरू पूर्ण रुपमा जलेर खरानी भएको मेयर मण्डलले बताउनु भयो ।

त्यसैगरी, आगलागीबाट ९४ ओटा घरहरू पूर्ण क्षतिग्रस्त भएका छन् भने नौ ओटा घरमा आंशिक क्षति भई १ करोड ६२ लाख ८५ हजार रुपियाँ बराबरको सम्पति क्षति भएको भन्नु हुदै नगद १० लाख रुपियाँ समेत जलेर नस्ट भएको उहाँले जानकारी दिनु भयो ।

त्यस्तै, मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरधामको वारुण यन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी र स्थानीयहरूको संयुक्त प्रयासमा आगलगी नियन्त्रणमा आएको मेयर मण्डलले जानकारी दिनु भयो ।

यसै सन्दर्भमा वैशाख १३ गते जिल्ला विपद व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको थियो । बैठकमा विभिन्न सरोकारवालाहरूसँग सहयोगको लागि अपिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । हाल आगलागी पीडितहरूका लागि खाना, औसधि र कपड़ाको व्यवस्था भएतापनि व्यवस्थित बसोबासको सुविधा अझ पनि हुन नसकेको पीडितहरुको भनाइ छ ।

अनुगमन कै क्रममा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले पीडितहरूसँग प्रत्यक्ष भेटघाट गर्नुको साथै मटिहानी नगरपालिकाका मेयर मंडलसँग भेट गरी घटना बारे जानकारी लिनुभएको थियो ।

Photo 20240428 Matihani 1

Photo 20240428 Matihani

Photo 20240428 Matihani 2

Photo 20240428 Matihani 4

Photo 20240428 Matihani 5

Photo 20240428 Matihani 6

Photo 20240428 Matihani 7

Photo 20240428 Matihani 8

Photo 20240428 Matihani 9

Photo 20240428 Matihani 10


ममता विश्वकर्मा