इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ ।
गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख अधिकृत र जिल्ला प्रतिनिधि सहित पुगेको इन्सेक टोलीले बाल सुधार गृहको अवस्थाका बारेमा अनुगमन गरेको हो ।
सो क्रममा सुधार गृहकी मनोपरामर्श ज्योति शर्माले कारागारमा रहेका कैदी बन्दीहरूका लागि सरकारी व्यवस्थापन राम्रो भएपनि सुधार गृहमा रहेका बालकहरूका लागि भने त्यस्तो व्यवस्था नभएको गुनासो गर्नु भयो ।कारागारको दाँजोमा नै सुधार गृहमा पनि सुविधाहरू हुनुपर्ने कुरा शर्माले जनाउनुभयो ।
५० जना क्षमता रहेको सुधार गृहमा ९६ जना बालकहरू भएकाले शौचालय, खानेपानी लगायतको समस्या रहेको छ । बालकहरू भुइमा म्याट्रेश बिछ्याएर सुत्न बाध्य छन् भने सिरक, तन्ना र झुलको समेत अभाव रहेको छ ।
संयोजक शिव खकुरेलले यस बिषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई समन्वयका लागि आवश्यक पहल गर्ने बताउनु भयो । बालकहरूको नियमित स्वास्थ्मा परिक्षणका लागि कुनै खालको व्यवस्था नरहेको कुनैलाई स्वास्थ्यमा समस्या आए परिवारकै पहलमा उपचार हुँदै आएको मनोमरापर्श शर्माले बताउनुभयो ।
बालकहरूका लागि सिपमूलक तामिलको व्यवस्था भएमा सुधार गृहबाट बाहिर निस्कदाँ आत्मनिर्भर बन्न सघाउ पुग्ने भएकाले पहलका लागि काउन्सिलर शर्माले प्रदेश संयोजक खकुरेल समक्ष आग्रह गर्नु भयो ।
उपचारका लागि सरकारी अस्पतालहरूमा निशुल्क उपचारको व्यवस्था, पोषणयुक्त खाना, मनोरञ्जनका लागि म्युजिकल इन्स्ट्रुमेन्टको लगायतको व्यवस्था हुनुपर्ने सुधार गृहमा आश्रित श्रवण चौधरीले माग गर्नु भयो ।
सो सुधार गृहमा नवलपरासी, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, लमजुङ, पाल्पा, कैलाली, दाङ, रोप्पा, प्यूठान, मुस्ताङ, गोरखा, म्याग्दी, कपिलवस्तु र नवलपुरका बालक रहेका छन् ।
सुधार गृहमा कक्षा ६ देखि १० सम्म पढाई हुँदै आएको छ । २ जना सरकार द्धारा नियुक्त शिक्षकद्धारा अध्यापन कार्य हुदै आएको छ ।
नारायण क्षेत्री
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…