इन्सेकको सहयोगमा मानव बेचबिखन घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
नागार्जुन नगरपालिका-१०, स्युचाटार बस्दै आउनुभएका ३१ वर्षीय रघु भण्डारीले इन्सेकको सहयोगमा मानव बेचबिखन घटनाका आरोपितविरूद्ध ०८० साउन ३० गते नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गर्नुभएको छ ।
भण्डारीले ब्यापारको सिलशिलामा मुम्बई गएका बेला भारतको महाराष्ट्र राज्यस्थित पुणे सहरको नारायण गाउँ बस्दै आएका ३७ वर्षीय तुलसी दास कोरहले, सोही ठाउँका पिएसआई ३३ वर्षीय सचिन ढोले र ३५ वर्षीय सितल कोरहलेले आफ्नी २८ वर्षीया पत्नीलाई बेचबिखन गरेर बन्धक बनाएको भन्दै उद्धार गरिदिनका लागि आवश्यक समन्वय गरिदिन भन्दै निवेदन मार्फत इन्सेकलाई आग्रह गर्नुभएको थियो ।
इन्सेकको पहलमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले साउन ३० गते पीडितको निवेदन बमोजिम मानव बेचबिखन, ओसारपसार तथा शरीर बन्धकसम्बन्धी उजुरी दर्ता गरेको हो ।
उजुरी दर्ता भइसकेपछि मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी जीवन कुमार श्रेष्ठले पीडितलाई कानुनी प्रक्रियामा ल्याउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । एसएसपी श्रेष्ठले पीडितको उजुरीका आधारमा ब्युरोले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र दिल्लीस्थित नेपाली राजदुतावास, मानव उद्धारमा संलग्न विभिन्न सङ्घसंस्थालाई पत्र पठाएर तुरुन्तै घटनाबारे अनुसन्धान सुरु गर्ने उल्लेख गर्नुभयो ।
सहयोग पाएपछि पीडित भण्डारीले इन्सेकले गर्दा कानुनी प्रकृयामा जान सजिलो भएको भन्दै आभार व्यक्त गर्नुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…