सुत्केरी बेथाले च्यापेकी महिलालाई इन्सेकको समन्वयमा हवाई उद्धार

  ०७९ जेठ २६ गते

दुई दिनदेखि सुत्केरी बेथा लागेर बच्चा जन्माउन नसकेकी आठबीस नगरपालिका–३ निमायलकी १९ वर्षीया किशोरी संगीता नेपालीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा सेनाको हेलिकोप्टरले जेठ २३ गते उद्धार गरी सुर्खेत पु¥याएको छ ।

गर्भ बसेको सात महिनामा बेथा लागेकाले सुरक्षित सुत्केरी गराउन गाह्रो हुने भनेपछि राकम स्वास्थ्य केन्द्रका डा. कृष्ण न्यौपानेको सल्लाहमा संगीता नेपालीको हेलिकोप्टरबाट जेठ २३ गते कर्णाली प्रदेश अस्पताल, सुर्खेत पु¥याइएको हो ।

नौ महिना नपुग्दै जन्मने नवजात शिशुलाई एनआईसीयूमा नराखे जोखिम हुने भएकोले शिशुको स्वास्थ्यका निम्ति गुणस्तरीय सेवा पुगोस् भनेर हेलिकोप्टरबाट पठाइएको आठबीस नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताउनुभयो ।

आठबीस नगरपालिकाका उपमेयर कल्पना थापाको पहलमा सुत्केरी महिलालाई सुरक्षित सुत्केरी गराउने राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर ती गर्भवतीको उद्धार गरिएको हो । हेलिकोप्टर पठाउन दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल र इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले समन्वय गर्नुभएको थियो ।

इन्सेकको अधिकार दुई परियोजना कार्यान्वयनका क्रममा त्यहाँ पुगेको बेला सुत्केरी बेथाले च्यापेकी महिलाले गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा बच्चा जन्माउन जोखिम भएको थाहा पाएपछि उपमेयर थापा र प्रमुख जिल्ला अधिकारी प्याकुरेललाई हेलिकोप्टरको व्यवस्था गर्न इन्सेक प्रतिनिधि अमर सुनारले आग्रह गर्नुभएको थियो ।

हेलिकोप्टरको प्रवन्ध भइसकेपछि इन्सेक प्रतिनिधिले टेकअफ गर्ने ठाउँको जियो म्याप पठाएपछि राकमबजारमा हेलिकोप्टर अवतरण गरी सुत्केरी बेथाले च्यापेकी संगीता नेपालीको सेनाको हेलिकोप्टरले उद्धार गरेको हो ।

सुत्केरी बेथाले च्यापेकी संगीतालाई सेनाको हेलिकोप्टरले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पु¥याएपछि जेठ २४ गते बिहान छोरीको जन्म भएको थियो । गर्भ बसेको सात महिनामै जन्मेको कारण नवजात शिशुको तौल एक दशमलव आठ केजी भएकोले एनआईसीयूमा राखिएको स्टाफ नर्स हरिमाया गुरुङले जानकारी दिनुभयो ।

सुरक्षित सुत्केरी सेवाको अभावमा बच्चा जन्माउन नसकेर, बच्चा जन्माइसकेपछि पनि अत्यधिक रक्तश्रावले आमा र जन्मेका नवजात शिशुलाई अनुकूल वातावरण नहुँदा शिशुको समेत मृत्यू हुने गरेको अवस्थामा आमा तथा नवजात शिशुको जीवन रक्षाको लागि यातायातको पहुँच नपुगेका सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत उद्धार गरिंदै आएको छ ।

सडक यातायातबाट टाढा र गुणस्तरीय स्वास्थ्य सेवाको अभाव भएका ठाउँमा स्वास्थ्य कठिनाई भोगेका गर्भवती तथा सुत्केरी बेथा लागिसकेका महिलाको उद्धार गर्न नेपाल सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रम अन्तर नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने गरिन्छ ।

DailekhPhoto_2022_06-09 DailekhPhoto_2022-06-09. DailekhPhoto_2022-06-09


अमर सुनार