इन्सेकको समन्वयमा आर्थिक अवस्था कमजोर भएका किरियापुत्रीलाई खाद्यान्न सहयोग
वीरेन्द्रनगर नगरपालिका–११, बाल्वाटारका आर्थिक अवस्था कमजोर भएका दुई घरपरिवार किरियापुत्रीलाई इन्सेकको समन्वयमा खाद्यान्न सहयोग गरिएको छ । स्थानीय ३५ वर्षीया ओमीसरा नेपाली र ४० वर्षीय अम्मर बहादुर गन्धर्वलाई ०८१ असोज ११ गते सहयोग गरिएको हो ।
नेपालीकी सासुआमा र गन्धर्वको जेठानको मृत्यु भएको थियो । उनीहरूलाई किरिया बसेको समयमा खाद्यान्नको समस्या भएपछि इन्सेकमा सहयोगका लागि अपिल गरेका थिए । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको अगुवाइमा नवज्योति केन्द्र र वीरेन्द्रनगर नगरपालिका–११ को कार्यालयले चार बोरा चामल, चार किलो दाल, चार किलो चना, चार लिटर तेल, चार किलो नुन, चार दर्जन बिस्कुट र दुई किलो स्याउ सहयोग गरिएको छ ।
किरिया बसेको अवस्थामा खाद्यान्नको समस्या परेको भन्ने खबर आएपछि नवज्योति र वडा कार्यालयसँग समन्वय गरेर खाद्यान्न सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।
त्यस्तै वीरेन्द्रनगर नगरपालिका–११ का वडा सदस्य टोपलाल तिवारीले दुःख सबैलाई आउने र यस्तो समयमा पनि सहयोगको लागि समन्वय गर्ने इन्सेकलाई धन्यवाद दिनुभयो । नवज्योती केन्द्रकी जरमाया बाठाले किरियामा सहज होस् भनेर आफूहरूले सहयोग गरेको भन्दै खाद्य अधिकारमा चासो देखाउने इन्सेकलाई आभार प्रकट गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नवज्योतिकी देवी कार्की, नेपाल गन्धर्व विकास संघका छायाँ बैगार र सहकर्मी समाजका कुवेर थापाको उपस्थिति रहेको थियो ।
जगतदल जनाला विक
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…