इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी

  ०८१ मङ्सिर १८ गते

चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मङ्सिर १८ गते सदरमुकाम चौतारामा प्रभातफेरी सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, कानुन व्यवसायीहरु, पत्रकारहरु, राजनीतिक दलका प्रतिनिधिहरु, निर्वाचित जनप्रतिनिधिहरु, अपाङ्गता भएका व्यक्ति तथा उनीहरुका परिवारहरु लगायतको सहभागिता रहेको थियो ।

र्‍यालीले सदरमुकाम स्थित चौतारा बजार परिक्रमा गरी चौतारा सागाचोकगढी नगरपालिकाको प्राङ्गणमा पुगी सभामा परिणत भएको थियो ।

यस्ता सचेतना मूलक कार्याक्रमले लैङ्गिक हिंसामा न्यूनिकरण हुने कुरामा विश्वास गर्न सकिने चौतारा सागाचोकगढीका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

कार्यक्रम सम्पन्न गर्नको लागि इन्सेक जिल्ला प्रतिनिधिको संयोजनमा मङ्सिर १४ गते चौतारमा सरोकारवालाहरुको बैठक सम्पन्न भएको थियो । सो सरोकारवालाहरुसँग बसेको बैठकले मङ्सिर १८ गते भब्यरुपमा कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको थियो ।

photo20241203sindhupalchok


नातिबावु धिताल