इन्सेकको पहलमा ६० जना मूसहर बालवालिका विद्यालय भर्ना
राज्यबाट निःशुल्क शिक्षा प्रदान गरेपनि विद्यालयको पहुँचबाट वञ्चित सर्लाहीका ६० जना बालबालिकालाई इन्सेकको सहयोगमा भर्ना गरिएको छ ।
तराई मधेसका जिल्लामा गरिबीको रेखामूनि रहेका मुसहर जातका बालबालिका विद्यालय भर्ना हुन सकेका थिएनन् ।
जिल्ला शिक्षा कार्यालयले नयाँ शैक्षिक सत्रमा भर्ना अभियान चलाएपनि गरीब विपन्न दलित मुसहर बस्तीका बालबालिका विद्यालय बाहिर छन् । पाठ्यपुस्तक, विद्यालय पोशाक र समयमा खाना नपाएका कारण राज्यबाट प्राप्त अधिकारबाट समेत मुसहर बालबालिका वञ्चित भएका छन् ।
गाउँ छेउमै विद्यालय भएपनि आर्थिक विपन्नताकै कारण सर्लाही जिल्ला बबरगञ्ज-४ गढा टोलमा विद्यालय भर्ना हुन नसकेका ६० जना मुसहर बालबालिकालाई चन्दा सङ्कलन गरी विद्यालय भर्ना गराइएको हो ।
विद्यालय जान नपाएका सिङ्गो बस्तीकै बालबालिकालाई इन्सेक जिल्ला प्रतिनिधिको पहलकदमीमा झोला, चप्पल, पाठ्यपुस्तक प्रदान गर्दै बबरगञ्ज स्थित दुर्गा खोभारी माध्यमिक विद्यालयमा जेठ ८ गते भर्ना गराइएको हो ।
सञ्चार माध्यममा पटकपटक समाचार आएपनि सरेकारवाला निकायहरूले कुनै पहल नगरेपछि स्थानीय युवाहरूले खाजा खर्च जोगाएर मुसहर बालबालिकालाई केही दिन घरमै ट्यूसन कक्षा सञ्चालन गरी विद्यालय भर्ना गराएका हुन् ।
विद्यालय भर्नाको क्रममा पाठ्यपुस्तकसहितको झोला पाएपछि मुसहर बालबालिका विद्यालय जान उत्साहित भएको दुर्गा खोभारी माध्यमिक विद्यालयका प्रधानध्यापक देवेन्द्र साहले बताए ।
सन्तोषकुमार सिंह
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…
मोटरबाटो नपुग्दा सुत्केरीलाई बोकेर अस्पताल
तनहुँको आवुँखैरेनी गाउँपालिका–४ को आमडाँडा, खस्राङ, दुवा, बेलडाँडा लगायतका गाउँमा मोटरबाटो नपुग्दा स्थानीय बासिलाई सास्ती भएको छ । पृथ्वीराजमार्गको छेउमा गाउँकार्यपालिकाको कार्यालय रहेपनि वडा नम्बर ४ को केही गाउँहरूमा भने…