इन्सेकको पहलमा १६ जना विद्यार्थीको भर्ना
सरकारले भर्ना अभियान सञ्चालन गरिरहेको बेला गौतमबुद्ध मावि गोरूसिङ्गेले विद्यालयमा भर्ना गर्न आएका १६ जना बालबालिकालाई भर्ना नगरि फर्काइदिएपछि इन्सेक जिल्ला प्रतिनिधि र स्थानीय समाजसेवी व्यक्तिहरूको दबावपछि वैशाख १४ गते १६ जना विद्यार्थीलाई विद्यालयले भर्ना गरेको छ ।
बुद्धभुमि नपा-२ जगनगरको बक्टेरीयाको आधारभुत विद्यालय कक्षा ६ मा पास गरी कक्षा ७ मा गौतमबुद्ध माविमा भर्ना हुन आएका २८ जना मध्ये १६ जना विद्यार्थीलाई भर्ना नगरी फर्काएको थियो । यसैगरी शिवशक्ति प्राविबाट कक्षा ३ पास गरी कक्षा ४ मा आएका आठ जनामध्ये ६ जना विद्यार्थीलाई समेत भर्ना नलिइ पुर्वाग्रही तरिकाले फर्काइएको अविभावहरूले गुनासो गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद अर्यालले कक्षा ४ देखि माथिल्लो कक्षामा विद्यार्थीको सङ्ख्या बढी भएको, शिक्षक दरबन्दीको कमी, विद्यालयमा बस्ने भवन नभएकोलगायतका विभिन्न बाहाना पारी प्रवेश परीक्षा लिएको 'नाटक' गरी विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित बनाएको अविभावक साउनी थारूले बताइन् ।
'हेडसरले तिमिहरू पढाइमा कमजोर छौ । कक्षा ७ मा पढन पाउदैनौ । पढने भए कक्षा ६ मा पढ भनी फर्काइदिनुभयो ।'-कक्षा ७ मा भर्ना गर्न आएका अनुराग थारूले बताए ।
छोराछोरीलाई सरकारी विद्यालयले भर्ना नगरेपछि आफ्ना छोराछोरी कहाँ पढाउने भन्ने चिन्ता परेकाले मानव अधिकारकर्मीलाई गुहार्न बाध्य भएको लैरी थारूले बताइन् । 'अन्त जाने ठाउँ छैन । बोर्डिङमा पढाउन सकिँदैन नजिकको गौतमबुद्ध माविबाहेक अरू विद्यालय छैनन् कहाँ लैजाने ?'-उनले भनिन् ।
विद्यालयमा भर्ना गर्न गएका छोराछोरीहरू भर्ना नभई घर फर्केपछि पढ्न नपाउने भयौँ भन्दै रूदै बस्ने गरेको तथा दुई/तीन छाक खान पनि नखाएको अभिभावक घिराउ थारूले बताए ।
कक्षा ६ को परीक्षा स्रोत केन्द्र स्तरीय भएको र एउटै पेपर दिएर पास गरेका विद्यार्थीलाई कसैलाई प्रवेश परीक्षा नलिई भर्ना गर्ने तथा कसैलाई प्रवेश परीक्षामा फेल गरी पढ्न नदिने विद्यालयको नीति पुर्वाग्रही भएको समाजसेवी पिताम्बर खनालको आरोप छ ।
थारू समुदायको बसोवास रहेको बक्टेरीययामा सञ्चालित विद्यालयबाट आएका विद्यार्थीलाई प्रोत्साहन गरी भर्ना गरिदिनु पर्नेमा विद्यालयमा पटकपटक भर्ना गर्न आउँदासमेत हेडसरले फर्काएर बालबालिकाको पढ्न पाउने अधिकारबाट वञ्चित गर्न खोजेको समाजसेवी हेमराज सुबेदीको भनाई छ ।
नन्दराम पौडेल
सम्बन्धित समाचारहरू
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…
बलात्कार घटनाका आरोपित गरिफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय सौतिनी बाबुलाई मङ्सिर १८ गते गिरफ्तार गरेको प्रहरी वृत्त बौद्धकी असई हस्तीकुमारी बस्नेतले बताउनु भएको छ । पीडित बालिकालाई आरोपितले दुई…