इन्सेकको पहलमा सेती परियारले विवाह गरेको १७ वर्षपछि पाइन् नागरिकता
नागरिकता प्रमाणपत्र दिन पतिले इन्कार गर्दा पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीया सेती परियारले विवाह गरेको १७ वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् ।
३२ वर्षीय पति गोविन्द दमाईबाट पालन पोषण र रेखदेखमा सहयोग नगरी घरेलु हिंसा खेप्दै आएकी परियारले कात्तिक २९ गते विहिबार जिल्ला प्रशासन कार्यालय पर्वतबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी हुन् ।
नेपाली नागरिकता प्रमाणपत्र नहुँदा विभिन्न अवसरबाट वञ्चित भएकी सेती परियारलाई उनका ससुरा ठूले परियारले सनाखत गर्दै नागरिकता प्रमाणपत्र दिलाउन सहयोग गरेका हुन् ।
पीडित सेती परियारले आफू पतिबाट पीडित भएको र नेपाली नागरिकता समेत पाउन नसकेको भन्दै ०७५ कात्तिक ८ गते इन्सेक पर्वत जिल्ला प्रतिनिधि समक्ष सहयोगका लागि निवेदन पेश गरेकी थिइन् ।
उनको निवेदनको आधारमा जलजला गाउँपालिका–७ धाइरिङका वडा अध्यक्ष टुङगनाथ शर्मासमक्ष सिफारिस दिलाउन पहल गर्नुका साथै प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालसमक्ष पटक टक नागरिकता दिलाउन आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिए ।
थापाका अनुसार जिल्ला प्रशासन कार्यालय पर्वतले सेती परियारलाई कात्तिक २९ गतेको मितिमा नेपाली नागरिकता प्रमाणपत्र जारी गरी प्रमाणपत्र प्रदान गरिएको छ । नागरिकता प्राप्त गरेपछि परियारले आफ्नो अधिकार खोज्ने ढोका खुलेको भन्दै खुशी व्यक्त गरिन् ।
गोविन्द दमाई सँग २०५८ साल मङ्सिर २२ गते सामाजिक परम्परा अनुसार विवाह गरेकी सेतीका दुई जना छोरा १३ वर्षीय रूद्र र तीन वर्षीय सुरज छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…