इन्सेकको पहलमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
इन्सेकद्वारा गठित पञ्चपुरी गाउँपालिका–५ स्थित विद्याज्योति सहनशील बाल अधिकार समूह र पञ्चपुरी मानव अधिकार समूहको पहल तथा समन्वयमा आवाज संस्थाको सहयोगमा फागुन १२ गते विद्याज्योति माध्यामिक विद्यालयमा कक्षा १२ अध्ययनरत १८ वर्षीया गिता श्रेष्ठलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
अभिभावकविहिन श्रेष्ठको घरमा १५ वर्षीय भाइ मात्रै छन् । घरको आर्थिक अवस्था कमजोर भएकोले पढाइलाई निरन्तरता दिनका लागि २ हजार ९ सय ९० रुपियाँ बराबरको कापी, कलम, विद्यालय ड्रेस लगायतका सामग्री सहयोग गरिएको हो ।
उक्त सामग्री बाल अधिकार समूहका पदाधिकारी, मानव अधिकार रक्षक समूहका पदाधिकारी र आवाज संस्थाका बाल हेल्पलाईन सहजकर्ता तुलसी खनालको उपस्थितिमा हस्तान्तरण गरिएको हो । यो सहयोगले शैक्षिक अध्ययन विकासमा महत्वपूर्ण भूमिका रहने सहजकर्ता खनालले बताउनुभयो ।
पञ्चपुरी मानव अधिकार समूहले सहयोगका लागि पुस १८ गते इन्सेक कर्णाली प्रदेश कार्यालयमा अनुरोध गरेको थियो ।
जगतदल जनाला विक
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…