इन्सेकको पहलमा बोटे बालबालिका पुनर्स्थापित भए
इन्सेक प्रतिनिधि र मानव अधिकार निगरानी समूहको पहलमा अभिभावकको निधनपछि बेसहारा भएका बगनासकाली गाउँपालिका-७ खानीगाउँका बोटे बालबालिका कात्तिक २९ गतेदेखि बालगृहमा पुनःस्थापित भएका छन् ।
कात्तिक २९ गतेबाट उनीहरू अभियान नेपालले सञ्चालन गरेको सिलोम बाल गृह तानसेन ध्रुवघाटमा बस्न थालेका हुन् ।
उनीहरूका लागि गास, बास र कपाससहित अध्ययनको ब्यवस्थापन बालगृहले नै मिलाउने अभियान नेपालका संस्थाक पुननारायण श्रेष्ठले बताए ।
१५ वर्षीया हेमा बोटे र उनका १० वर्षीय भाइ बुद्ध बोटेले आमा बावुको निधन भएपछि कष्टकर रूपमा जीवन बिताउँदै आएका थिए । हेमा शारीरिक रूपले समेत अशक्त छिन् । उनी सजिलै हिँड्न विद्यालय जान समेत सक्दिनन् ।
बालबालिकाले कष्टकर रूपमा जीवनयापन गरिरहेको समाचार इन्सेक अनलाइनमा कात्तिक २६ गते प्रकाशन भएपछि बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल कात्तिक २७ गते उनीहरूको घरमै पुगेर सहयोग प्रदान गर्नुका साथै पुनर्स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।
कात्तिक २९ गते प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालको कार्यकक्षमा बसेको बैठकपछि महिला तथा बालबालिका कार्यालय पाल्पाका निमित्त प्रमुख मनोज आचार्य, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, खानीगाउँका वडा सचिव हरिप्रसाद बस्याल, स्थानीय बोटे अगुवा शान्ति बोटेले हेमा र बुद्धलाई बालगृहमा लगेका थिए ।
निगरानी समूह सहित मानव अधिकारकर्मीको ध्यानाकर्षण
हेमा र बुद्धको दीर्घकालिन पुनःस्थापनका लागि इन्सेक, इन्सेक आबद्ध मानव अधिकार निगरानी समूह सहित जिल्लामा रहेका मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरूले कात्तिक २७ गते पाल्पाका प्रमुख जिल्ला अधिकारी एवम् बालकल्याण समिति पाल्पाका अध्यक्ष बिष्णुप्रसाद ढकाललाई ध्यानाकर्षणपत्र समेत बुझाएका थिए ।
इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, मानव अधिकार निगरानी समूहका संयोजक भगवान भण्डारी, इन्द्रेणी समाज केन्द्रका कार्यक्रम संयोजक रूद्र मश्रांगी, पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेल, पाल्पा आवाज पत्रिकाका दयाराज न्यौपाने, श्रीनगर टेलिभिजनका बिष्णुप्रसाद घिमिरे, सुर्योदय टेलिभिजनका कमल बस्याल, मानव अधिकार निगरानी समूहका माया नेपालीले ध्यानाकर्षणपत्रमा हस्ताक्षर गरी बुझाएका थिए ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ ढकालले यस विषयमा आफूले पहल गरिरहेको बताएका थिए । उनले बालबालिकाहरूको हितलाई प्रमुख मानेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
बालबालिकाद्वयलाई पुनर्स्थापना केन्द्रमा पठाउनु अघि प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले दुवै बालबालिकालाई आफ्नो कार्यकक्षमा बोलाई उनीहरूको विस्तृत जानकारीसमेत लिएका थिए ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…