इन्सेकको पहलमा बालविवाह रोकियो
१५ वर्षीया बालिका र सुनसरी अर्नामा गाविसका २० वर्षीय मो. आरिफ मन्सुरीबिच हुन लागेको बालविवाह इन्सेक र महिला तथा बालबालिका सेवा केन्द्रको पहलमा पुस ८ गते रोकिएको छ ।
कक्षा ७ मा अध्ययनरत बालिकाको विवाह पुस १४ गते निश्चित भएको भन्ने जानकारी पुस ७ गते प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयको सहयोगमा बालिका र निजकी आमालाई पुस ८ गते प्रहरी कार्यालयमा ल्याइएको थियो ।
बालिका र उनका परिवारका सदस्यहरूलाई बालविवाहले पार्ने असर र कानुनी प्रावधानबारे जानकारी दिँदै मनोविमर्श गरेपछि उनीहरू विवाह स्थगित गर्ने निष्कर्षमा पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले बताए ।
बालिकासँग विवाह गर्न तयार युवकलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको र उनी नआउन्जेल सम्मका लागि बालिकाकी आमालाई दैनिक हाजिरमा राखिएको डिएसपी कार्कीले जानकारी दिए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…
जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु
कैलाली जिल्ला कारागार, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका विक भदौ ३१…