इन्सेकको पहलमा बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण

  ०८१ साउन ३१ गते

गोदावरी नगरपालिका–२ विशंखुनारायण, कोतडाँडास्थित तुलसादेवी आधारभूत विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई इन्सेक ललितपुर जिल्ला प्रतिनिधिको पहलमा साउन ३० गते विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरिएको छ ।

photo20240815lalitpur (2)

इन्सेक ललितपुर जिल्ला प्रतिनिधिको पहलमा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ, ललितपुरले विद्यालय पोशाक र स्टेशनरी सामग्री निःशुल्क उपलब्ध गराएको हो ।

photo20240815lalitpur (3)

सङ्घले सदस्य व्यवसायीहरूसँग कपडा र स्टेशनरी सामग्री सङ्कलन् गरी सामुदायिक विद्यालयका विद्यार्थीका लागि प्रत्येक विद्यार्थीलाई एक/एक सेट सर्ट र पाइन्टका साथै कापी कलम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक सावित्री नेपालीले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण तामाङका अनुसार तुलसादेवी आधारभूत विद्यालयमा पढ्ने बालबालिकाहरू श्रमिकका छोराछोरी भएकोले उनीहरुलाई आधारभुत सहयोग आवश्यक छ ।

photo20240815lalitpur (1)

सङ्घका कोषाध्यक्ष इन्द्र महर्जनले निःशुल्क पोशाक वितरण कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घले तुलसादेवी आधारभूत विद्यालयमा घरेलु श्रमिक, दैनिक ज्याला गर्ने मजदूर, श्रमिक, किसानका बालबालिका पढ्ने जानकारी पाएकाले विद्यालय पोशाकका साथै स्टेशनरी सामाग्री सहयोग गरेको जानकारी दिनु भयो ।

photo20240815lalitpur (4)


दीपकप्रसाद घिमिरे