इन्सेकको पहलमा दैवी प्रकोप पीडितलाई सहयोग प्रदान
इन्सेक पाँचथरको पहलमा दैवी प्रकोपमा परेका ३३ जनालाई असोज २१ गते २ लाख ४४ हजार रुपियाँ सहयोग प्रदान गरिएको छ ।
फाक्तेप गाविस-१ स्थायी ठेगाना भई हाल दक्षिण कोरियामा कार्यरत भीमराज चेम्जोङको संयोजनमा १ सय नौ जना नेपालीहरूवाट सङ्कलित उक्त रकम २०७२/०७३ मा आगलागीबाट पीडित भएका परिवारका सदस्यलाई प्रदान गरिएको इन्सेक पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाले बताए ।
बेघाका अनुसार आगलागीबाट अति प्रभावित गाविसहरू स्वाबरूम्बाका ११, रानीगाउँका ७, भारापाका ५, फाक्तेपका ५ र साविक चोकमागुका ५ ओटा घरधुरीहरूलाई सहयोग प्रदान गरिएको हो ।
आगलागीबाट पीडित भएकाहरूमध्ये क्षतिको विवरण अनुसार ५ हजार रुपियाँदेखि ११ हजार ५ सय रुपियाँसम्म रकम प्रदान गरिएको पनि उनले बताए ।
दैवी प्रकोपबाट विपत्तिमा परेको बेला राज्यवाट उचित सहयोग नपाएको रानीगाउँ गाविस-८ का गोपादेवि सम्बाहाम्फेले बताइन् । आगलागीवाट ससुरा गुमाएकी उनले ११ हजार ५ सय रकम बुझेपछि सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गरिन् । इन्सेकको पहल र कोरियमा कार्यरत नेपालीहरूको सहयोग प्रशंसनीय रहेको नेपाल पत्रकार महासङ्घका सचिव गिरिराज बास्कोटाले बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…