इन्सेकको पहलमा घरेलु हिंसा पीडित महिलाको उपचार हुँदै
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा झापा जिल्ला चियाबगान गाविस-५ की २६ वर्षीया उर्मिला उराउको काठमाडौँस्थित किर्तिपुर हस्पिटलमा उपचार प्रक्रिया अघि बढाइएको छ ।
पीडित परिवारले आर्थिक अभावको कारण उपचार गराउन नसकेको भन्दै आवश्यक सहयोगको लागि कात्तिक ५ गते इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयलाई दिएको निवेदनको आधारमा क्षेत्रीय कार्यालयको पहलमा पीडितलाई भर्ना गरी उपचार प्रक्रिया अघि बढाइएको हो ।
केही वर्षअघिदेखि घरेलुहिंसा सहँदै आएकी उर्मिला र ३० वर्षीय पति मङरु उराउबिच भदौ २३ गते घरझगडा भएपछि उक्त पीडा सहन नसकी उर्मिलाले आफ्नै शरीरमा मटीतेल खन्याई आगो लगाएको पीडितका भिनाजु मायालाल उराउले इन्सेकलाई दिएको उजुरीमा उल्लेख छ ।
आगोबाट उर्मिलाको शरीरको ३५ प्रतिशत भाग जलेको उनको उपचारमा संलग्न चिकित्सक पियुस श्रेष्ठले जानकारी दिए । श्रेष्ठले उर्मिलाको शरीरमा रगतको कमी भएको, जलेको भागमा पूर्ण रूपमा ब्याक्टेरियाहरूले संक्रमण बढाएको भन्दै अवस्था 'क्रिटिकल' रहेको बताए ।
यसैबिच चिकित्सकले उपचारको क्रममा खर्च बढ्न सक्ने बताएपछि इन्सेकलगायत अन्य सबै सहयोगी सङ्घसंस्थालाई आवश्यक सहयोग गर्न पीडितको भिनाजु मायालालले अनुरोध गरेका छन् ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…