इन्सेकको पहलमा घरेलु हिंसा तथा कुष्ठरोग पीडितले खानलाउन र लत्ताकपडा पाइन्
माइती घरबाट अपहेलित कुष्ठरोग पीडित सिमकोट गाउँपालिका-८ की ७० वर्षीया गोला शाहीको पक्षमा इन्सेकले वकालत गरेपछि जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी तथा गैरसरकारी निकायबाट खाने व्यवस्था र ओढने, ओछ्याउने कपडा सहयोग पाएकी छन् ।
पीडितले इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहलाई आफू अन्यायमा परेको बताउँदै न्यायको लागि पहल गर्न असार १३ गते अनुरोध गरेकी थिइन् । इन्सेक जिल्ला प्रतिनिधिले सो घटना विवरण लिएपछि पीडित महिला र गाउँका उनका आफन्तलाई कानुनी प्रकृयाका बारेमा जानकारी दिँदै सम्झाईबुझाई गरे । माइती पक्षलाई सम्झाई सकेपछि असार १६ गते इन्सेक जिल्ला प्रतिनिधिले जिल्ला प्रशासन कार्यालयसमक्ष यस विषयमा जानकारी गराएका थिए ।
इन्सेक जिल्ला प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलसँग बेसहारा भएकी शाहीका विषयमा विस्तृत जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय र इन्सेकको पहलमा गोला शाहीलाई महिला तथा बालबालिका कार्यालय, किडार्क हुम्ला र हिमाली विस्थापित अपाङ्ग सर्म्पर्क मञ्च काठमाडौँले खानलाउन र ओढने, ओछ्याउने कपडा सहयोग गरेका हुन् ।
पीडितको अधिकार प्राप्तिका लागि सम्बन्धित निकायमा जान इन्सेक हुम्लाले १ हजार रूपियाँ यातायात खर्च सहयोगसमेत गरेको छ ।
इन्सेक प्रतिनिधिको पहलमा गरेको कामलाई प्रमुख जिल्ला अधिकारी पौडेलले धन्यवाद दिँदै विगतको तुलनामा शाहीको अहिले राम्रो व्यवस्था भएको बताए । प्रशासन कार्यालयबाट एकसरो ओढने ओछ्याउने कपडा, भाँडाकुँडा, २० केजी चामल उपलब्ध गराएको प्रजिअ पौडेलले बताए । गोलालाई हवाई सेवा सञ्चालन भएपछि केही दिनमा हिमाली विस्थापित अपाङ्ग सम्पर्क मञ्च काठमाडौँका अध्यक्ष बिर्सिङ्ग सुनारले उपचारका लागि काठमाडौँ लैजाने बताए ।
माइतीले हेला गरेपछि कुष्ठरोग पीडित शाही १२ वर्षेखि गाउँबाट एक घण्टा टाढा रहेको जङ्गलमा बस्दै आएकी थिइन् । शाहीले बझाङ जिल्लाको पिमी नौरा भन्ने ठाउँमा विवाह गरेपछि पतिलाई रोग भएको उनले थाहा पाइन् । पतिको मृत्युपछि बेसहारा भएकी गोला शाही माइतीको साहाराको आशा गरेर हुम्ला आएकी थिइन् ।
इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…