इन्सेकको पहलः गोमाको हातमा नागरिकता
मुसिकोट नगरपालिका–३ की ५० वर्षीया गोमा थापाले इन्सेकको पहलमा भदौ १६ गते नागरिकता प्राप्त गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, जिल्ला प्रहरी कार्यालयका एसपी गोपालचन्द्र भट्टराई, वडाध्यक्ष कर्णध्वज जिसी, इन्सेक प्रतिनिधि टोपलाल अर्याल लगायत सरोकारवालाको उपस्थितीमा गोमाको घरमै पुगेर नागरिकता दिनुभएको हो ।
गोमा शारीरिक रुपमा अशक्त हुनु हुन्छ । उहाँको कम्मर तलको भाग चल्दैन । त्यसैमा मानसिक समस्या छ । नागरिकता नभएका कारण कारण अपाङ्गता भएको १० वर्षसम्म पनि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको मुसिकोट नगरपालिका कार्यपालिका सदस्य सरस्वती घिमिरेले बताउनु भयो ।
मानसिक एवम् शारीरिक समस्या भएका कारण प्रशासनसम्म पुगेर नागरिकता बनाउन नसकेपछि दिदी टीका घिमिरे र मुसिकोट नगरपालिकाको कार्यापालिका सदस्य सरस्वती घिमिरेले साउन १४ गते इन्सेक प्रतिनिधि टोपलाल अर्याललाई आवश्यक सहजीकरणको लागि निवेदन दिनु भएको थियो ।
इन्सेक प्रतिनिधि अर्यालले गोमाको विषयमा प्रमुख जिल्ला अधिकारी शर्माको ध्यानाकर्षण र सहजीकरणमा पहल गर्नु भएको थियो । नागरिकता पाएपछि गोमासँगै परिवारका सदस्यहरू खुसी भएका छन् ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…