इन्सेकको पहलमा गाउँपालिकाले उपलब्ध गरायो छात्राहरूको लागि सेनेटरी प्याड
म्याग्दे गाउँपालिकाले गाउँपालिका भित्रका आधारभूत र मावि तहमा अध्ययन गर्ने छात्राहरूको लागि हालै सेनेटरी प्याड उपलब्ध गराएको छ ।
गाउँपालिकाका नौ ओटै वडा आधारभुत र मावि तहका विद्यालयमा अध्ययन गर्ने छात्राहरूको लागि ५ हजार प्याकेट सेनेटरी प्याड उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए ।
गाउँपालिकाका आधारभुत र मावि तहसहित कक्षा ११ र १२ मा ७ सय ५३ जना छात्राहरू अध्ययन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए ।
ति छात्राहरूलाई आगामी शैक्षिक सत्रसम्म पर्याप्त हुने गरी विद्यार्थी अनुपातको आधारमा विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराइएको बताए ।
गाउँपालिकाले ३ लाख २५ हजार रुपियाँले ५ हजार प्याकेट सेनेटरी प्याड खरिद गरेको थियो । विद्यालयकी शिक्षिकाहरूलाई सेनेटरी प्याडको जिम्मा दिइएको र उनीहरूले नै प्रयोग गर्ने छात्राको रेकर्ड राख्ने समेत प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए ।
महिनावारी भएको समयमा कुनै पनि छात्राको पढाई अवरोध नहोस भन्ने उद्देश्यले गाउँपालिकाले निर्णय नै गरेर सेनेटरी प्याड उपलब्ध गराइएको वडा नम्बर १ का अध्यक्ष शिवशरण वाग्लेले बताए ।
सेनेटरी प्याड विद्यालयमा नै उपलब्ध भएपछि छात्राहरू खुसी भएको महेन्द्र माविका प्रअ सोमबहादुर थापाले बताए । यसले छात्राहरूको विद्यालय आउने दरमा कुनै कमी नआउने विश्वास पनि लिइएको उनले बताए ।
इन्सेकले मानव अधिकार निगरानी समूहमार्फत आधारभूत र मावि तहको विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउन गाउँपालिकामा पटक पटक ध्यानाकर्षण गराएको थियो ।
विभिन्न समयमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा वडा अध्यक्षहरूको उपस्थितिमा भएको कार्यक्रममा इन्सेक प्रतिनिधि र मानव अधिकार निगरानी समूहका सदस्यहरूले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउन गाउँपालिकाको ध्यानाकर्षण गराएको थियो ।
साथै गाउँपालिकाले नै सेनेटेरी प्याड उपलब्ध गराउन दबाब दिने उद्देश्यले इन्सेकको पहलमा २०७४ फागुन २८ गते म्याग्दे–७ को रत्न माविमा ३ सय प्याकेट सेनेटरी प्याड उपलब्ध गराइएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले इन्सेकलगायत सङ्घसंस्थाले पनि पटकपटक अनुरोध गरेको र विद्यालयबाट पनि माग भएपछि सबै विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको बताए ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…