इन्सेकको पहलमा कारागाराका बालिकालाई स्टेशनरी र पोशाक प्रदान
तनहुँ कारागारमा रहेका दुई जना बालिकालाई इन्सेकको पहलमा स्टेशनरी, पोशाक तथा फलफुल उपलब्ध गराइएको छ ।
इन्सेक गण्डकी प्रदेश कार्यालयले चैत २४ गते गरेको कारागार अनुगमनको क्रममा विभिन्न मुद्दामा आमा कारागारमा थुनामा परेपछि एक जना साढे तिन वर्षीया र एक जना एक वर्षीया बालिका आमासँगै कारागामा बस्दै आएकोमा बालिकाहरूको उचित पोषण तथा लत्ताकपडाको अभाव देखिएको थियो ।
सोही अनुरूप इन्सेको पहलमा वैशाख १४ गते इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई र महिला मानवअधिकार रक्षक सञ्जालकी उपाध्यक्ष बसुन्धरा घर्ती र सदस्य मन्जु न्यौपानेले कारागारका निमित्त प्रमुख नारायण अधिकारी मार्फत उक्त सामाग्री ति बालिकाहरूलाई उपलब्ध गराउनुभएको थियो ।
बालिकाहरु मध्ये साढे तिन वर्षीया बालिका विद्यालय जाने उमेरकी भएको हुँदा उनलाई पढ्ने बानीको विकास गर्न स्टेशनरी उपलब्ध गराइएको महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँकी उपाध्यक्ष घर्तीले बताउनु भयो ।
कारागारका निमित्त प्रमुख अधिकारीले बालिकाहरूलाई स्टेशनरी, पोशाक तथा फलफुल उपलब्ध गारएकोमा इन्सेक र महिला मानवअधिकार रक्षक सन्जाललाई धन्यवाद दिनु भयो । उहाँले अव उक्त बालिकालाई कारागार भित्र पढाउने वातावरण बनाउने बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–४ का २९ वर्षीय लोकबहादुर नेपालीलाई प्रहरीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको…
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ । सन्देशमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउपालिका–४ का १९ वर्षीय सौरभ कुमाललाई प्रहरीले जेठ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै…
मुख्यमन्त्रीलाई मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्षडा.कुन्दन अर्याल नेतृत्वको टोलीले जेठ २१ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटि मानव अधिकारको सुरक्षा र संरक्षणसम्बन्धी मस्यौदा विधेयक हस्तान्तरण गरेको छ ।…