इन्सेकको पहलमा कारागारमा टिभी सहयोग
इन्सेकको पहलमा नेपाल निजामती कर्मचारी सङ्गठनले गुल्मी कारागारका कैदीबन्दीहरूलाई टिभी सहयोग गरेको छ । ३४ औँ स्थापना दिवसको अवसरमा सङ्गठनले वैशाख ७ गते जिल्ला कारागार गुल्मीका कैदीबन्दीहरूलाई ४२ इन्चको एलसिडी टिभी सहयोग गरेको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले इन्सेकको पहल र सङ्गठनको सहयोग निकै प्रशंसायोग्य रहेको बताउनु भयो । सङ्गठनले विभिन्न समयमा कारागारमा सहयोग गर्दै आएको उहाँले बताउनु भयो ।
निजामती कर्मचारी सङ्गठन गुल्मीका अध्यक्ष भीमलाल खनालले इन्सेक जिल्ला प्रतिनिधिको पटक–पटकको आग्रहलाई सार्थक बनाउँदै कारागारमा सहयोग गर्न पाएकोमा खुसी लागेको बताउनु भयो । उहाँले केही वर्ष पहिले पनि कारागारका कैदीबन्दीहरूका लागि खाना पकाउने भाडाकुँडा वितरण गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘इन्सेकको आग्रहमा सानो रचनात्मक काम गरेर स्थापना दिवस मनाउन पाउँदा खुसी छौँ ।'
आफूहरूले इन्सेकलाई गराएको ध्यानाकर्षण सङ्गठनले पुरा गरिदिएकोमा कारागारका नाइके हरि थापाले खुसी व्यक्त गर्नुभयो । अहिले गुल्मी कारागारमा १ सय १७ जना रहेका छन् । २५ जनाको क्षमता रहेको गुल्मी कारगारमा झण्डै पाँच गुणा कैदीबन्दी हुँदा व्यवस्थापनमा निकै सङ्कट रहेको छ । अहिले कैदी ८४ जना, ३० जना बन्दी र तीन जना नाबालक छन् । त्यसमध्ये पुरुष कैदी ७७ जना र बन्दी २६ जना छन् । महिला कैदी सात जना र बन्दी चार जना रहेको छ ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…