इन्सेकको पहलमा अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई स्वास्थ्य तथा सरसफाइका सामग्री सहयोग गरिएको छ । इन्सेकको पहलमा जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत ११ जना बिरामीलाई ०८१ असोज ३ गते स्वास्थ्य तथा सरसफाइका सामग्री सहयोग गरिएको हो ।
सरोकारवाला निकायहरूको असोज २ गते बसेको बैठकले संविधान दिवसका अवसरमा विद्यालय स्तरीय कार्यक्रम गर्ने भनिएता पनि इन्सेकले सो विषयलाई अस्वीकृत गर्दै मानव अधिकारका दृष्टिकोणबाट उल्लेखनीय कार्य गर्न माग राखेपछि बिरामीलाई पहिलो प्रथामिकतामा राखिएको थियो ।
इन्सेकले जिल्लामा बिरामीको सङ्ख्या बढ्दै गइरहेको समयमा जिल्ला अस्पतालमा रहेका बिमीहरूको राहतका लागि भए पनि केही स्वास्थ्य तथा सरसफाई सामग्री सहयो गरिनु पर्ने माग राखेपछि प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकाय, सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्कबहादुर बस्नेतले इन्सेकले उठान गरेको विषय र राखेको माग उल्लेखनीय भएको भन्दै बिरामीलाई उक्त सामग्री सहयोग गरिएको हो ।
जसमा प्रति व्यक्ति बिरामीलाई टावेल (रुमाल), नेलकटर (नङकट), मञ्जन बरस, नुहाउने र लुगा धुने साबुन एउटा/एउटा वितरण गरिनुका साथै बिरामीलाई अधा किलो हलिक्स समेत सहयोग गरिएको सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकायाले बताउनु भयो । सिमकोट गाउँपालिका र सामाजिक विकास कार्यालय हुम्लाको संयुक्त आर्थिक सहयोगमा सामग्री सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिनुभयो ।
प्रति व्यक्ति बिरामीलाई १ हजार ५ सयका दरले हुन आएको जम्मा १६ हजार ५ सय रुपियाँको सामग्री सहयोग गरिएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्कबहादुर बस्नेतले बताउनु भयो ।
उक्त सामग्री सहयोगले अस्पतालमा रहेका बिरामीका लागि राहत भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो । यो एउटा उल्लेखनीय कार्यले बिरामीहरूका लागि केही राहत भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको भनाइ छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…