इन्सेकको पहलमा अपाङ्गता भएका व्यक्तिको उद्धार
इन्सेकको पहलमा अपाङ्गता भएका व्यक्तिको उद्धार भएको छ । भेरी नगरपालिका-६, भेरेका ४० वर्षीय शशे परियारलाई इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यालयका प्रहरीले उद्धार गरी अस्पतालमा उपचारको लागि लगिएको छ ।
गरिब, आर्थिक अवस्था कमजोरीका कारण औषधि उपचारमा समस्या भएपछि बैशाखीको भरमा सदरमुकाम आएर सार्वजनिक बाटोमा ढलेको अवस्थामा इन्सेकका प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव विश्वकर्मालाई जानकारी गराएपछि प्रहरीले साउन २१ गते भेरी नगरपालिकाको एम्वुलेन्समा जिल्ला अस्पतालमा उपचारका लागि पठाएको हो ।
ससुरालले पत्नी दुर्गी परियारलाई आफूसँग बस्न नदिएर छोरी सहित भगाइदिएपछि उल्टै जेठ महिनामा कुटपिट गरी फालिदिएको अवस्थामा दिदि चन्द्रकला परियारले औषधि उपचारका लागि नेपालगञ्जमा लैजानुभएको थियो । पूर्ण रूपमा औषधि उपचार हुँदासम्म खर्च गर्न आफूसँग आर्थिक अवस्था नभएपछि नेपालगञ्जबाट फर्किएका थिए ।
१२ वर्षको छोरा दिदिको घरमा बस्नुहुन्छ । उहाँको आमा केही महिना अघि बित्नु भयो । दुवै आँखा गुमाउनुभएका उहाँका बुबा दिदिको घरमा बस्नुहुन्छ । ससुरालले कुटपिट गरेपछि अशक्त शरीर बैशाखीको भरमा माग्ने खाने गरेको परियारले बताउनु भयो । 'मेरो जीवनको सहारा जीवन साथी थिइन । माइती पक्षले छोरी सहित पत्नीलाई आफूबाट विछोड बनाइदिएपछि सहारा विहिन भएको छु । घरमा अभिभावक नभएपछि १२ वर्षीय छोराको बेवारिसे भएको छ', उहाँले भन्नु भयो ।
विवाह गरेको १४ वर्षसम्म सँगै बस्दै दुखसुख गरी ज्याला मजुदरी गरी दुई ओटा सन्तान र पति पत्नी बसेको उहाँले बताउनु भयो । एक्कासी छोरी सहित पत्नीलाई आफूदेखि विछोड गरेपछि ससुरालको कुटपिटबाट अशक्त भएको परियार बताउनुहुन्छ । शसे परियारको भेरी नगरपालिकाको एम्वुलेन्समा उद्धार गरी जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले कुटपिटबाट चोट लागेर घाइते भई बैशाखीको भरमा हिड्ने पीडितको उपचार भएपछि दुवै पक्षसँग छलफल गर्ने बताउनु भयो । के कति कारणले कुटपिट गरिएको हो, पीडितको उपचार भएपछि मात्र थाहा हुने डिएसपी पाण्डेले बताउनु भयो । पीडितको उजुरीको आधारमा छलफल गरी दोषिलाई कारवाही गर्ने उहाँको भनाई छ । ससुरालको कुटपिटबाट गम्भीर घाइते भएका परियारको प्रहरीको निगरानीमा उपचार भइहेको छ ।
बासुदेव शर्मा
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…