इन्सेकको टोलीद्वारा मधेस प्रदेशका सभामुखलाई मानवअधिकार रक्षक विद्येयक हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेल, इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानलगायतको टोलीले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई माघ १० गते मानवअधिकार रक्षक विद्येयक हस्तान्तरण गर्नुभएको छ । मधेस प्रदेशलाई मानवअधिकार मैत्री बनाउनका लागि प्रदेश सरकारका तात्कालिन मुख्यमन्त्रि लालवावु राउत र मुख्यन्यायधिवक्ता दिपेन्द्र झालाई इन्सेकले बुझाएको विद्येयक नवनिर्वाचित सभामुख मण्डललाई हस्तान्तरण गर्दै सरकारले सदनमा टेवल गरेको खण्डमा आवश्यक सल्लाह, सुझावसहित सदनमा छलफल गराउन आग्रह गर्नुभएकोे हो ।
सभामुख रामचन्द्र मण्डलले इन्सेकले मानवअधिकारको क्षेत्रमा गरेको योगदानप्रति प्रशंसा गर्दै आगामी दिनमा समेत मानवअधिकारको रक्षार्थ कामलाई निरन्तर्ता दिन आग्रह गर्नुभयो । उहाँले मधेस प्रदेशलाई मानवअधिकारमैत्री बनाउन यहाँका सरकार र प्रदेशसभाका माननीयहरूले हरसम्भव प्रयास गर्नुपर्नेमा आफूहरू सचेत रहेको बताउनुभयो । उहाँले सरकारले सदनमा मानवअधिकार रक्षक विद्येयक टेवल गरेको खण्डमा आफूले छलफल, बहस गर्न लगाई मानवअधिकारमैत्री प्रदेश बनाउन अग्रसर रहने बताउनुभयो ।
भेटमा सभामुख मण्डललाई इन्सेकको टोलीले नेपाल मानवअधिकार वर्ष पुस्तक र डायरी समेत प्रदान गरेको छ । टोलीले राष्ट्रिय मानवअधिकार आयोगका मधेस प्रदेशको कार्यालय अनुगमन गरेको छ । आयोगका निमित्त कार्यालय प्रमुख रेखा दत्तलाई भेटेर मानवअधिकारको अवस्था, चुनौती र उपायसहित मानवअधिकारको क्षेत्रमा इन्सेकले गर्दै आएको योगदान र आगामी कार्य तथा भावि नितिबारेमा छलफल गरेको छ । मधेश प्रदेशमा दैनिक मानवअधिकार उल्लङ्घनका घटनाहरू भई रहँदा आयोगबाट मात्रै अनुगमन, अवलोकन गर्न सम्भव समेत नभएको हुँदा इन्सेकद्वारा जिल्ला जिल्लामा खटाइएको इन्सेक जिल्ला प्रतिनिधी र इन्सेक प्रदेश कार्यालयको साथ र सहयोगले समेत मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितले कानुनी उपचार, पहुँच र न्याय प्राप्तिमा सहज र सुलभ वातावरणको महसुस गरेको आयोगका निमित्त कार्यालय प्रमुख रेखा दत्तले बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…