इन्सेकको टोलीद्वारा मतगणना स्थलको अनुगमन

  ०७९ मङ्सिर ६ गते

इन्सेक कार्य समिति सदस्य सम्मिलित टोलीले मङ्सिर ५ र ६ गते बाँके जिल्लाको मत गणना स्थलको अनुगमन गरेको छ ।

इन्सेक कार्य समिति सदस्य शोभाकर बुढाथोकी, इन्सेक केन्द्रीय कार्यालयका कृष्ण गौतम र लुम्बिनी प्रदेश संयोजक भोला महतले बाँके क्षेत्र नम्बर २ र ३ को मतगणना प्रक्रियाका बारेमा जानकारी लिएका थिए ।

टोलीले सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग भेटेर सुरक्षा अवस्थाका बारेमासमेत जानकारी लिएका थिए ।

f

f

f

निर्वाचन पर्यवेक्षकहरूबिच अनुभव आदान प्रदान

प्रतिनिधि सभा तथा प्रदेश सभा ०७९ पर्यवेक्षण गर्ने संस्थाका पर्यवेक्षकहरूबिच अनुभव आदान प्रदान गरिएको छ । इन्सेक नेपालगञ्जको आयोजनामा मङ्सिर ६ गते विभिन्न संस्थाका पर्यवेक्षहरूबिच अनुभव आदान प्रदान गरिएको हो ।

इन्सेक कार्य सतिति सदस्य शोभाकर बुढाथोकीले इन्सेकले निर्वाचन पूर्व, निर्वाचनको दौरान र निर्वाचन पश्चात पर्यवेक्षण गरेको बताउदै पर्यवेक्षणका क्रममा पाइएका विषयमा जानकारी गराउनु भएको थियो ।

बुढाथोकीले मतदाता शिक्षामा निर्वाचन आयोगको कमजोरी रहेकोले  मतदाता शिक्षा पाठ्यक्रममै राख्न आवश्यक रहेको बताउनु भयो । उहाँले आचार संहिता दण्दनीय छ की छैन यस विषयमा नीतिगत सुधार हुन पर्ने बताउनु भयो ।

Photo2022112204banke

कृष्णमुरारीप्रसाद भट्टले निर्वाचन शिक्षाको जिम्मेवारी सङ्घ संस्थाहरूलाई दिए प्रभावकारी हुने धारणा राख्नु भयो ।

नियोकका पर्यवेक्षक सुरेशकुमार गौतमले प्रत्यक्षमा पुरूष उठाउने तर समानुपातिकमा महिला राखेर महिलाको सहभागिता सुनिश्चित गर्ने राजनीतिक प्रवृत्ति रहेको बताउनु भयो ।

गौतमले निर्वाचनको दौरानमा खटिएका सुरक्षाकर्मीहरूलाई पनि अन्य कर्मचारीहरू सरह नै सेवा सुविधा दिनु पर्ने, निर्वाचन स्थलमा पठाइने सामाग्रीहरूको गुणस्तरी हुनु पर्ने लगायतका सुझावहरू दिनु भएको थियो ।

संकल्पका पर्यवेक्षक मैमुना सिद्दिकीले मतदान स्थलको तयारी र  राजनीतिक दलका प्रतिनिधि ढिला आउदा समयमा मतदान सम्पन्न हुन नसकेको, मतदान गर्ने स्थल गोप्य नभएका खानेपानीको व्यवस्थापन नभएकोलगायतका कमजोरीहरू रहेको बताउनु भयो ।

प्रकाश उपाध्याय निर्वाचन आयोगले नागरिक समाजको सुझाव तथा पहलले निर्वाचनमा धेरै सुधार भएको र मतदाता शिक्षा प्रविधि अनुसार फेसबुक, टिकटकबाट प्रभावकारी हुने धारणा राख्नु भयो ।

छलफल कार्यक्रममा इन्सेक प्रदेश संयोजक भोला महतले निर्वाचन पर्यवेक्षणका क्रममा पाइएका सवल र दर्वल पक्षहरूका बारेमा छलफल गरी आगामी दिनमा सुधारका लागि अयोगलाई सुझाव दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।


लक्ष्मी थारू