इन्सेकको टोलीद्वारा प्रहरी हिरासत अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमको नेतृत्वमा पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा रहेको प्रहरी हिरासत अनुगमन गरेको छ । अनुगमनको क्रममा जिल्ला प्रहरी कार्यालयले प्रहरी हिरासतमा रहेका थुनुवा तथा हिरासतमा रहेकाहरूको मानव अधिकार पूर्णरूपले पालना गरेको देखिएको संयोजक गौतमले बताए ।
प्रहरी हिरासतमा राखिएका १४ जनाहरू मध्ये चार जना अदालतले पूर्पक्षका लागि थुनामा पठाएका व्यक्ति थिए । त्यसैगरी बलात्कार घटनाका आरोपित तीन जना, ज्यानमार्ने उद्योगका पाँच जना र चोरी गरेको आरोपित दुई जना रहेको प्रहरीले जानकारी दिएको छ ।
गत वर्ष गएको विनाशकारी भूकम्पले चौतारा कारागार पूर्ण रूपमा ध्वस्त भएका कारणले अदालतबाट पूर्पक्षका लागि कारागार पठाएका व्यक्तिहरू पनि केही समय प्रहरी हिरासतमा राखेर अन्य जिल्लाका कारागारमा पठाउने गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए । अनुगमन टोलीसँग प्रहरी हिरासतमा रहेका थुनुवाहरूले आफूहरूलाई प्रहरीले सम्मानपूर्वक ब्यवहार गरेको बताए ।
अनुगम टोलीमा गौतम, इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका कार्यक्रम प्रमुख गणेश भण्डारी, केन्द्रीय कार्यालयका राजेश मिश्र र इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धिताल रहेका थिए । टोलीले अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका एसपी, जिल्ला सरकारी वकिल र महिला तथा बालवालिका कार्यालयका प्रमुखसँग जिल्लाको मानव अधिकार अवस्थामा केन्द्रित रहेर छलफल गरेको थियो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय अनिल नेपाली र…