इन्सेकको टोलीद्वारा निर्वाचन पूर्वको अवस्थाबारे छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक ३० गते निर्वाचन पूर्वको अवस्था बारे सप्तरीका सिडिओ, एसपी, जिल्ला अनुगमन अधिकृत, जिल्ला निर्वाचन अधिकारीलगायत सरोकारवालासँग छलफल गरेको छ ।
इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेल, सिरहाका प्रतिनिधि दुर्गा परियार, कार्यक्रम अधिकृत बरुण बस्यालको टोलीले छलफल गरेको हो ।
सिडिओ भुपेन्द्र थापाले निर्वाचन पूर्वको सुरक्षा व्यवस्थाबारे जानकारी गराउँदै आचार संहिता उल्लङ्घन रोक्न गरिएको प्रयासबारे बताउनुभयो । राजनैतिक दलहरुले प्रतिबद्धता बमोजिम आचार संहिता पालना नगरेको समेत उहाँले बताउनुभयो ।

सिमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रणका लागि विहार प्रान्तको सुपौल जिल्लासँग सुनसरीमा र मधुबनी जिल्ला अधिकारीसँग जयनगरमा नेपाल भारत सिमा जिल्ला समन्वय समितिको छुट्टाछुट्टै छलफल तथा आवश्यक सहयोगको निर्णय गरिएको जानकारी दिनुभयो ।
राजनीतिक दलका उम्मेदवार, कार्यकर्ता, मतदान अधिकृतलगायत निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको विशेष व्यवस्था गरिएको बताउनु हुँदै प्रहरी प्रधान कार्यालयबाट थप प्रहरी जनशक्ति आउने क्रम सुरु भएको बताउनु भयो ।
एसपी अविनारायण काफ्लेले सुरक्षाको दृष्टिकोणबाट मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गिकरण गरिएको र सबै मतदान स्थलको तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो । एसपी काफ्लेलेका अनुसार निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचन पश्चात गरेर सुरक्षा प्रबन्धको वर्गिकरण गरिएको छ ।
‘एकले अर्को दललाई आचार संहिता उल्लंघन गरेको दोषारोपण गर्दै मौखिक उजुरी दिए पनि लिखित रूपमा उजुरीहरू नआएको बताउनु हुँदै जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले निर्वाचनका लागि आवश्यक सामाग्रीहरु आइसकेको बताउनु भयो ।
जिल्ला अनुगमन समितिका प्रमुख शरणहरी लुइटेलले आचार संहिता उल्लङ्घनको निगरानी, अनुगमन भइरहेको र गुनासोहरु टिपोट गरी समाधानको प्रयास भइरहेको बताउनुभयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…