इन्सेकको खबरदारीपछि सामाजिक सुरक्षा भत्ता वितरण सुरू
इन्सेक जिल्ला प्रतिनिधिले खिदिम गाविसका सचिव टेकराज श्रेष्ठ र तत्कालीन स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डेलाई भेटेर खिदिम गाविसमा समाजिक सुरक्षा भत्ता वितरण नगरेको विषयमा खबरदारी गरेपछि गाविसले मङ्सिर ११ गतेबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ ।
जिल्ला विकास समतिले सामाजिक सुरक्षा भत्ता वितरण गर्न स्वीकृति दिएको ३५ दिन भित्र गाविसले सामाजिक सुरक्षा भत्ता वितरण गनुपर्ने कानुनी व्यस्था भए पनि गाविसले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको सूचनाको आधारमा सो गाविसमा गएर इन्सेक प्रतिनिधिले लक्षित वर्गका व्यक्तिहरूसँग भेटेका थिए ।
'गाविस सचिवलाई बारम्बार सामाजिक सुरक्षा भत्ता पाउँनुपर्यो भनेका थियौँ । राज्यले दिएको सुविधा किन वितरण नगरेको भनेर प्रश्न गर्दा अब वितरण हुन्छ भन्ने जबाफ दिन्थे । तर, इन्सेक प्रतिनिधि आएपछि १५ दिन भित्रै साजिक सुरक्षा भत्ता पाइयो । इन्सेकलाई धेरै धेरै धन्यवाद छ ।'-स्थानीय लोकनाथ गौतमले भने ।
स्थानीय राजेश नेपालीले ज्येष्ठ नागरिकको कुरा राज्यले नसुनेको बताउँदै इन्सेकको पहलमा राज्यले सामजिक सुरक्षा भत्ता वितरण गरेको बताए ।
गाविस सचिव टेकराज श्रेष्ठले सामाजिक सुरक्षा भत्ता वितरण कार्य मङ्सिर ११ गतेबाट सुरु भएको र दई/तीन दिन भित्र सबै लक्षित समुदायका व्याक्तिहरूले भत्ता पाउने बताए ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…