इन्सेकको कार्यक्रम तथा परियोजनाको वार्षिक समीक्षा तथा योजना बैठक प्रारम्भ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा ०८१ असार २१ गते कार्यक्रम तथा परियोजनाको वार्षिक समीक्षा तथा योजना बैठक काभ्रेको धुलिखेलमा सुरु भएको छ ।
धुलिखेलमा आयोजित बैठकमा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले संविधानले नागरिक तथा राजनीतिक अधिकारलाई सुश्चित गरेकोले त्यस भन्दा माथि उठेर नागरिकका आधारभूत अधिकारका क्षेत्र खोजेर काम गर्नु पर्ने बताउनु भयो ।
डा. अर्यालले हामी राजनीतिक क्षेत्रमा अग्रगामी छौँ तसर्थ अब आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरण र सामाजिक न्यायका क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो ।
उहाँले अब हामी राजनीतिक अधिकारको संकटग्रस्त देश नरहेको र यो नागरिक तथा राजनीतिक अधिकारका लागि उदारणीय देश भएकोले हामीले सामाजिक न्यायमा आर्थिक कमजोर व्यक्ति र सामाजिक न्यायमा पहुँच नभएका नागरिकको हकका लागि काम गर्नु पर्ने बताउनु भयो ।
डाक्टर अर्यालले जलवायु परिवर्तन र त्यसले पारेको वातवरिणीय प्रभाव र प्रभावित क्षेत्र तथा नागरिकको आवाज उठाउनु पर्ने बताउनु भयो । साथै उहाँले महिला हिंसामा साइबर क्राइम मुख्य चुनौति देखिएकोले यसलाई पनि इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेट्नु पर्ने बताउनु भयो ।
२० औँ सताब्दिको प्रारम्भमा नागरिक तथा राजनीतिक अधिकारका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धि रक्षाका लागि हामीले मानव अधिकार शिक्षा र सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि अब मूल प्रवाहमा छुटेका र मानव अधिकारमा अप्रत्यक्ष रुपले प्रभाव पार्ने क्षेत्रमा इन्सेकले काम गर्नु पर्ने गरी आगामी पञ्च वर्षीय रणनीति बनाउन इन्सेक अध्यक्ष डाक्टर अर्यालले सुझाव दिनु भयो ।
इन्सेकका निवर्तमान अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले खाद्य अधिकार सुश्चितताका लागि कृषि क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो । उहाँले यसका लागि वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको दक्षतालाई प्रयोग गर्न र उनीहरुको स्वास्थ्यमा परेको प्रभावको अध्ययन अनुसन्धानात्मक कार्यमा जोड दिनु पर्ने बताउनु भयो ।
इन्सेकका महासचिव रघुनाथ अधिकारीले इन्सेकले प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन प्राप्ति र त्यसपछि महिला, दलितका साथै सामाजिक न्यायका क्षेत्रमा काम गर्नुका साथै त्यसमा पहिचान पनि बनाएका छौँ । तर, अब नयाँ विषयहरु समेत आएकाले सुशासन र वातावरण तथा जलवायु परिवर्तनले मानव अधिकारका ओझेल परेका विषयलाई ठाउनु पर्ने सुझाव दिनु भयो ।
उहाँले जलवायु परिवर्तन हाम्रो देशको मात्र विषय नभएकोले यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि आवाज उठाउनु पर्ने बताउनु भयो । महासचिव अधिकारीले विग्रदो वातावरणलाई पनि मानव अधिकारसँग जोडेर काम गर्र्नु आजको आवश्यकता रहेको औंल्याउनु भयो ।
कोषाध्यक्ष गीता बरालले इन्सेक कार्यसमितिले गर्ने निर्णय कार्यान्वयनमा जोड दिँदै आर्थिक मितव्ययिता भएर कार्यक्रम सञ्चालन गर्नु पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले देशमा मात्र नभएर विश्वमा नै आर्थिक मन्दी आएकोले अब दाताको मात्र भर नपरेर मानव अधिकारका लागि स्थानीय पालिका र प्रदेश सरकारसँग मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
इन्सेकका पूर्व महासचिव तथा कार्य समिति सदस्य डा. रुद्र चर्मकारले चुनौतिले अवसर ल्याउने हुनाले कार्यक्रमको समीक्षा तथा पाँच वर्षे रणनीतिमा आफूले देखेका र भोगेका कुरामा निर्धक्क छललफल गर्नु पर्ने बताउनु भयो । उहाँले हामी दातृ निकायमा मात्र निर्भर हुन सक्ने अवस्था नभएकोले आफै सक्षम र आत्मनिर्भर बन्न तथा दिगोपनाका लागि मानव अधिकारसँग जलवायु परिवर्तन, वातावरणीय प्रभावका क्षेत्रमा पनि काम गर्न सोही अनुसारको रणनीति बनाउन आवश्यक रहेको औँल्याउनु भयो ।
उहाँले व्यापारिक संस्था र कम्पनीहरुलाई समाजिक उत्तरदायित्वको रकम लगानी गर्न प्रोत्साहन गर्न आवश्यक रहेको बताउनु भयो ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सामाजिक न्यायका लागि इन्सेकले खबरदारी गरिरहेको भन्दै मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको अभिलेखीकरण गर्दै मानव अधिकारका लागि वकालत र पैरवीसँगै सरोकारवालाहरुलाई जवाफदेशी बनाउन विभिन्न कार्यक्रम गर्दै आइरहेको बताउनु भयो ।
उहाँले अबको पाँच वर्षे रणनीतिमा मानव अधिकारका नयाँ क्षेत्रको पहिचान र राज्यका तीनै तहका सरकारसँग सहकार्य गरेर मानव अधिकारको क्षेत्रमा काम गर्ने गरी कार्ययोजना र कार्यक्रम सँगै लैजानु पर्ने धारणा राख्नु भयो ।
यस कार्यक्रमको सुरुवातमै इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालय त्रिभूवन विश्व विद्यालयको पत्रकारिता विभागको प्रमुखमा हालै नियुक्त हुनु भएकोले उहाँलाई इन्सेक कार्यसमिति तथा सातै प्रदेशका संयोजक लगायत इन्सेक केन्द्रका विभागीय प्रमुख तथा सहभागीहरुले बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गरिएको थियो ।
बागमती प्रदेश कार्यालय
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…