इन्सेकका अध्यक्षबाट कार्यक्रम अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मानव अधिकार संरक्षन र सम्बर्द्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रमको इन्सेक अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले ०७९ जेठ १२ गते अनुगमन गर्नु भएको छ ।
अध्यक्ष श्रेष्ठले कुटिडाडा मावि, मकैबारीको बाल अधिकार चेतना समूह, शिक्षकहरूसँग सामुदायिक विद्यालयमा निशुल्क र अनिवार्य शिक्षामा रहेको सफल अभ्यास र सुधार गर्नुपर्ने पक्ष, विद्यालयमा शैक्षिक गुणस्तरको अवस्थाका बारेमा छलफल भयो ।
अन्तर्किया कार्यक्रममा शिक्षक तथा चेतना समूहले सामुदायिक विद्यालयमा सरकारको कम ध्यान गयकोले गुणस्तर कायम गर्न कठिनाई रहेको बताए ।
सो कार्यक्रममा इन्सेक अध्यक्ष श्रेष्ठले मौलिक हकमा भएको व्यवस्था अनुसार विद्यार्थीले उपभोग गर्न पाउनुपर्ने बताउनु भयो । साथै अध्यक्ष श्रेष्ठले बाल अधिकार चेतना समूहले विद्यार्थीका सवाल उठाउनु उनिहरूको अधिकार भयको र त्यसलाई पूरा गर्नु राज्यको र सरोकार पक्षको जिम्मेवारी रहेको बताउनु भयो ।
सोही अनुगमनका क्रममा अध्यक्ष श्रेष्ठले जिल्लामा शिक्षा, स्वास्थ, खाध्य र आवासको अवस्थाको बारेमा भीमेश्वर नगरपालिकाको उपप्रमुख कमला बस्नेत र कालिन्चोक गाउँपालिकाको निवर्तमान उपाध्यक्ष कालिका पाठकसँग छलफल गर्नुभयो ।
छलफलका क्रममा सहभागीहरूले संविधानमा भएको यवस्था अनुरुप मौलिक हकको कार्यान्वयन हुन नसकेको बताए भने इन्सेक अध्यक्ष श्रेष्ठले मौलिक हकको कार्यान्वयन गरी नागरिकले त्यसको अनुभुति गर्न पाउनु पर्ने बताउनु भयो ।
अनुगमन कार्यक्रममा इन्सेक बागमती प्रदेश सम्योजक कृष्ण गौतम र इन्सेक केन्द्रीय कार्यलयका मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलको समेत सहभागिता रहेको थियो ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…