इन्सेककाे पहलमा अपाङ्गता भएका बम बहादुरले परिचयपत्र पाए
गाविस कार्यालय छेउमा परिचय पत्रका लागि याचना गरेर बसेका चिदीपानी गाविस-९ का ५० वर्षीय बमबहादुर घर्तीले माघ ११ गते अपाङ्गता परिचयपत्र पाएका छन् ।
इन्सेक अनलाइनमा माघ ८ गते गाविस कार्यालय छेउबाटै परिचय पत्रको लागि याचना ! शीर्षाकमा समाचार प्रकाशन भएपछि इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको पहलमा पाल्पाका प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले महिला विकास अधिकृत तुल्सा अर्याललाई सम्पर्क गरी तत्काल परिचयपत्र उपलब्ध गराउन निर्देशन दिएका थिए ।
माघ ११ गते महिला तथा बालबालिका कार्यालयकी प्रमुख तुल्सा अर्यालले बमबहादुरको कटेरोमै पुगेर उनलाई 'रातो परिचयपत्र' दिइन् । परिचयत्रप प्रदान गर्दै अधिकृत अर्यालले परिचय पत्र पाउनु पर्ने ब्यक्तिलाई यसरी घरमै आएर परिचयपत्र प्रदान गर्न पाउँदा आफू पनि खुशी भएको बताइन् ।
प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले प्रतिक्रिया दिँदै यस्तो महत्वपूर्ण विषय उठान गरेकोमा इन्सेकलाई धन्यवाद दिए । उनले भने-'यो निकै सराहनीय काम हो । गाविस सचिव मनिशा रोकाहाले अब बमबहादुरले मासिक २ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता पाउने बताइन् । उनले गाविसको तर्फबाट उनको सबै कागजपत्र तयार गरिसकेको र भत्ताको लागि जिविसमा पठाउने बताइन् ।
परिचयपत्र पाएपछि खुशी हुँदै बमबहादुर भने-'मैले अहिले आएर न्याय पाएँ ।' प्यारलाइसिसका कारण २ वर्षअघिदेखि देब्रे हर चल्न छोडेपछि उनलाई समुदायस्तरबाट बाटो छेउमा कटेरो बनाएर राखिदिएका छन् ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखरा
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…